२ माघ २०८१, बुधबार

धनगढीमा गोली हानी पैसा लुट्ने काठमाडौंमा पक्राउ



धनगढी । गत साता कैलालीको धनगढीमा आइएमइ मनी ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख रकम लुटेर फरार दुईजना काठमाडौंमा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका १३ कैलालीगाउँका २८ वर्षीय राम प्रवेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ पिपरियाका २३ वर्षीय कालु राना रहेका छन् ।
उनीहरुले धनगढीमा सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमइ जाँदै गर्दा कार्कीमाथि गोली प्रहार गरेर रकम लुटेका थिए ।
पक्राउ परेका कालु राना यसअघि पनि जवरजस्ती करणी मुद्दामा २०६८ सालमा पक्राउ परी ६ वर्ष जेल सजाय भोगिसकेको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी धिरजप्रताप सिहंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार