१८ बैशाख २०८१, मंगलवार

अतिक्रमित जग्गा खाली गर्न थालियो



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका विभिन्न स्थानमा लामो समयदेखि अनाधिकृत रूपमा अतिक्रमण गरिएका सार्वजनिक, सरकारी जमिन खाली गर्न थालिएको छ ।
टीकापुर नगरपालिकाले टीकापुर पार्कगेट अगाडिको अतिक्रमित जमिन खाली गराएको छ । खाली गराईको जमिनमा नगरपालिकाले पार्क प्रवेश गर्ने अत्याधुनिक द्वार निर्माण गर्ने योजना बनाएको जनाएको छ ।
“अत्याधुनिक प्रवेशद्वार निर्माणका लागि हामीले आवश्यक बजेटको व्यवस्था गरिसकेका छौं” टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले भने– “अब टेण्डर प्रक्रिया अगाडि बढाउँदैछौं ।”
टीकापुर पार्कको सो जमिनमा लामो समयदेखि अतिक्रमण हुनुका साथै दर्जन बढी घरटहरा समेत निर्माण गरिएका थिए ।
जमिन खाली गराउन स्थानीय जनताको पनि सहयोग रहेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रावलले टीकापुर पार्कलाई नगरको गौरवको योजना घोषणा गरेर व्यवस्थित विकास शुरु गर्ने योजना ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार