सुरक्षित वैदेशिक रोजगारबारे छलफल
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार सुरक्षित वैदेशिक रोजगार सम्बन्धी वडा स्तरीय छलफल भएको छ ।
आप्रवासी कामदार हकहीत संरक्षण केन्द्र बर्दगोरिया गाउपालिका स्तरीय संञ्जाल समितीको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रम आप्रवासी कामदार हकहीत संरक्षण केन्द्र बर्दगोरिया सञ्जालका अध्यक्ष देवेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा बर्दगोरिया गाउपालिकाका वडा नम्बर ३ का अध्यक्ष करन सुनारले वैदेशिक रोजगारी सुरक्षित बनाउन वडा समितिले आगामी दिनमा विशेष पहल गर्ने बताए ।
सञ्जालका कोषाध्यक्ष लक्ष्मी सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नवीन ढुंगानाले गरेका थिए ।
कार्यक्रममा ५२ जना सहभागि थिए । सो अवसरमा सञ्चार प्रतिष्ठान नेपालका अधिकृतहरू मुुकेश टेर्रा र शान्ति भाटले वैदेशिक रोजगारका विभिन्न पक्षमा चर्चा गरेका थिए ।