कम्प्युटर तालिम शुरु
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत नेपाल आदिवासी जनजाति महासंघ बर्दगोरिया समन्वय परिषदले बुधबारबाट बौनियामा कम्प्युटर तालिम सुरु गरेको छ ।
तालिम बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा भएको सुरु भएको हो ।
तालिमको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गरे । उद्घाटन समारोह नेपाल आदिवासी जनजाति महासंघ बर्दगोरिया समन्वय परिषद अध्यक्ष बालचन्द्र कठरियाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा परिषदका कोषाध्यक्ष राजपति कठरिया, वडाध्यक्ष भिख्खु चौधरी र रामकृष्ण चौधरी, वडा सदस्य टंक ओली, असहायका लागि सहयोगी हातहरू नामक संस्थाका अध्यक्ष बलबहादुर विष्ट, परिषदका पूर्व अध्यक्ष प्रेम राना, नेपाल मगर संघ बर्दगोरिया अध्यक्ष मित्रबहादुर घर्तिमगर, बिष्णु चौधरी, डिला रानामगर र लक्ष्मी कठरियाले शुभकामना व्यक्त गरेका थिए ।
तालिममा बर्दगोरिया गाउँपालिकाका ६ वटा वडाका २४ जनाको सहभागिता रहेको छ ।