१ माघ २०८१, मंगलवार

यातायात मजदूर संगठनको प्रदेश सम्मेलन



धनगढी । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश नम्बर ७ को सम्मेलन आज (मंगलबार) धनगढीमा हुने भएको छ ।
सम्मेलनबारे सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सरकारले संशोधन गरेर जारी गरेको यातायात सवारी निर्देशिका, २०७४ मजुदरको पक्षमा रहेको दावी गरे ।
उनले भने– निर्देशिकाले मजदूरहरूलाई नियुक्तिपत्र दिनुपर्ने, प्रदेशमा प्रशिक्षण केन्द्र स्थापना गर्ने लगायतका विषय रहेका छन् ।
उनले अझैं पनि निर्देशिकामा सवारी साधनमा गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने, गाडिको क्यारियर हटाउनुपर्ने, मजदूरको सामाजिक सुरक्षा लगायतका व्यवस्था हुन नसकेको बताए ।
उनले सरकारले २० वर्षे पुराना सवारी साधन हटाउने निर्णयले मजदूर नै मारमा परेको बताए । उनले सरकारले पुराना सवारी साधन हटाउँदा उचित सहुलियत दिनुपर्ने बताए । उनले सरकारले रातारात पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दै आए पनि सवारी साधनको १० वर्षदेखि भाडा समायोजन हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार