आँखा शिविर
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकीमा सञ्चालित आँखा शिविरमा करिब एक हजार जनाको आँखा परीक्षण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको प्राविधिक सहयोग तथा लम्कीचुहा नगरपालिकाको आयोजनामा भएको आँखा शिविरमा एक सय ५० जना मोतिविन्दुका विरामी फेला परेका थिए ।
मोतिबिन्दुका बिरामीको आइतबारदेखि गेटा आँखा अस्पतालमा सल्यक्रिया भइरहेको जनाइएको छ ।
मोतिविन्दु लगायतका आँखाको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई फ्रेड हलोज फाउन्डेशनको सहयोगमा नि:शुल्क शल्यक्रिया भइरहेको छ ।
गेटा आँखा अस्पतालमा सल्यक्रिया हुने मोतिबिन्दुका बिरामीलाई नि:शुल्क लेन्स प्रत्यारोपण समेत गरिने जनाइएको छ ।
आँखा शिविरमा नौ सय चार जना आँखाका रोगीको नि:शुल्क औषधि उपचार समेत गरिएको थियो ।
गेटा आँखा अस्पतालले टीकापुरमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित आँखा परीक्षणको साथै प्रत्येक महिनाको दोस्रो शुक्रबार तथा महिनाको अन्तिम शनिबारका दिन सल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।
गेटा आँखा अस्पतालका बरिष्ट नेत्र अधिकृत रमेशचन्द्र भट्ट नेतृत्वको प्राविधिक टोलीमा दृष्टि विशेषज्ञ सुरेश अवस्थी लगायत गेटा आँखा अस्पतालका ११ जना प्राविधिकको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो ।
।
यस प्रदेशका कैलाली, बैतडी र अछाम जिल्लामा सामाजिक स्वास्थ्य बिमा कार्यक्रम लागू भई गेटा आँखा अस्पतालले बिमितहरूलाई सो कार्यक्रम अन्तर्गत मोतिबिन्दु लगायत आँखाका बिरामीहरूको सल्यक्रिया गर्नुको साथै औषधि उपचार समेत गर्दै आएको छ ।