वर्षको विदाई तथा नयाँ वर्षको स्वागत
बौनिया । नव वालबाटिका विद्या मन्दीर, बौनियाका विद्यार्थीहरूको आयोजनामा बिहीबार २०७४ सालको विदाई तथा २०७५ सालको स्वागत कार्यक्रम भएको छ ।
विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट केही रकम कटाएर कार्यक्रम आयोजना गरेको डेविड शाहले बताए ।
सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले आगामी शैक्षिक सत्रदेखि विद्यालयको पठनपाठनप्रति कोही पनि विद्यार्थी तथा अभिभावकलाई गुनासो गर्ने ठाउँ नदिने बताए ।
कार्यक्रममा शोभा गिरी, अनुपम ठाकुर, कस्तुप वडुवाल, बर्लिनराज गिरी लगायतका विद्यार्थीहरूले समस्याबारे चर्चा गरेका थिए ।
सो विद्यालयमा हाल छ सय २० जना विद्यार्थी अध्यनरत रहेका छन् । त्यस्तै, २३ जना शिक्षक, शिक्षिका कार्यरत रहेका छन् ।
कार्यक्रममा विद्यार्थी हेमा चौधरीको स्वागत मन्तव्य व्यक्त गरेका थिए ।