२७ मंसिर २०८२, शनिबार

ऐश्वर्य बहुमुखी क्याम्पसको वार्षिकोत्सव



धनगढी । धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव बुधबार समापन भएको छ । सो अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ऐश्वर्य बहुमुखी क्याम्पस प्रदेश नम्बर ७ को उत्कृट शैक्षिक धरोहर रहेको चर्चा गरे ।
क्याम्पसको ११ औं वार्षिकोत्सव समापन समारोह तथा अभिभावक दिवसको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले ऐश्वर्य बहुमुखी क्याम्पस मुलुककै अग्रणी शैक्षिक संस्थाको रूपमा विकास भइरहेको बताए ।
कार्यक्रम धनगढी उपमहानगरपालिकाका मेयर तथा ऐश्वर्य बहुमुखी क्याम्पस विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृपबहादुर वडको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला भट्ट मिश्र, शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्द, पूर्व मेयर खेमराज पाण्डेय, साहित्यकार रामलाल जोशी लगायत समाजसेवी, वुद्धिजीवी, अभिभावकको उपस्थिति रहेको थियो ।
सो अवसरमा विभिन्न प्रतियोगितामा विजयी प्रतियोगिमा उत्कृष्टलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार