राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित
काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी हुन् । अाज भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा मंगलबार भएको निर्वाचनमा ८६२ जनाले मत खसालेका थिए।
आयोगका प्रवक्ता ढकालका अनुसार संघीय संसद् ३२६ र प्रदेशसभाका ५३६ जनाले मतदान गरे। मतदानको समय बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो।
कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।
भण्डारी सत्तारूढ वाम गठबन्धनको समर्थनमा राष्ट्रपति बनेकी हुन्। राई विपक्षी नेपाली कांग्रेसको समर्थनबाट राष्ट्रपतिको उम्मेदवारी बनेकी थिइन्।
इकान्तिपुर