२ माघ २०८१, बुधबार

शिक्षक संघको प्रदेश अध्यक्षमा मल्ल



धनगढी । नेपाल शिक्षक संघ ७ नम्बर प्रदेश कमिटीको अध्यक्षमा बृखबहादुर मल्ल निर्वाचित भएका छन् ।
आइतबारदेखि धनगढीमा भएको प्रथम प्रदेशस्तरीय भेलाले मल्लको अध्यक्षतामा २७ जना कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा डबलबहादुर बिष्ट, महिला उपाध्यक्षमा निर्मला जोशी, उपाध्यक्ष (खुला) मा लक्षीराम कँुवर, महासचिवमा डिल्लीराज पन्त, उपमहासचिवमा प्रेमबहादुर शाही, उपमहासचिव (अर्थ महिला) मा छत्रकला वयक, उपमहासचिव (महिला) मा वसन्ती भण्डारी, उपमहासचिव (समावेशी) मा पहलसिंह नेपाली तथा भूपेन्द्रबहादुर माझी र उपमहासचिव (अर्थ पुरुष) मा दीर्घराज भट्ट चयन भएका छन् ।
त्यस्तै, सदस्यमा नवराज मडै, नरबहादुर देउवा, मदनराज जोशी, कर्णबहादुर साउँद, केशवराज ओझा, जयभक्त जोशी, धनबहादुर महरा, नन्दलाल जैशी, चेतबहादुर खड्का, लोकराज जोशी, कृष्णसिंह विष्ट, द्रोपती चौसरी, मीना बोहरा, रशिला शर्मा र वसन्ती विष्ट निर्वाचित भएका छन् ।
संघले ७ नम्बर प्रदेशको शैक्षिक नीति, निर्माण तथा कार्यनीति योजना तयारीका लागि महासचिव पन्तको संयोजकत्वमा सात सदस्यीय समिति निर्माण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार