२ माघ २०८१, बुधबार

लागूऔषधसहित दुई भारतीय पक्राउ



धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना भारतीय पक्राउ परेका छन् ।
७ नं. प्रदेश प्रहरी कार्यालय दिपायल मातहत रहेको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमबाट खटिएको प्रहरी टोलीले मंगलबार ३५ ग्राम लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरी बस्ने अन्दाजी ३० वर्षिय सागर चौधरी र सोही ठाउँ बस्ने ३५ वर्षिय धर्मसिंह राना रहेका छन् ।
उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरीधाम परिषरबाट पक्राउ गरेको क्षेत्रीय प्रहरी प्रमुख माधव नेपालले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूले भारतबाट सो लागूऔषध खरिद गरी ल्याई नेपालका विभिन्न शहरहरुमा बिक्रीवितरण गर्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार