शिवपुरीलाई नमुना धार्मिकस्थलका रूपमा विकास गर्ने प्रतिवद्धता
धनगढी । धनगढीको शिवपुरीधामलाई नमुना धार्मिक स्थलका रूपमा विकास गर्न विभिन्न क्षेत्रबाट प्रतिवद्धता व्यक्त भएको छ ।
शनिवार शिवपुरी धाममा पूजाअर्चनाका लागि गएका नेपाली सेनाका ७ नम्बर प्रदेश प्रमुख पृतनापति झंकरबहादुर कडायत, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड लगायतका व्यक्तित्वले शिवपुरीलाई नमुना धार्मिक स्थलका रूपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा पृतनापति कडायतले शिवपुरीधामको विकासका लागि नेपाली सेनासँगै आफूले व्यक्तिगत रूपमा पनि सहयोग गर्ने बताए । उनले धाममा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाले सहयोग गर्ने बताए ।
त्यस्तै, उपमहानगर प्रमुख वडले शिवपुरी धामको विकासका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरिने बताए ।
शिवपुरीमा गत २ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ आयोजक समितिका अनुसार महायज्ञमा दानको परिमाण पनि बढ्दै गएको छ ।
यस क्रममा धनगढीका दिव्यश्वरी शाहले किरियापुत्री घर निर्माणका लागि १५ लाख रुपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै, दिनेश गु्रपले १५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने प्रतिवद्धता गरको छ । त्यस्तै, धनगढीका गोपाल शाहीले ज्योतिर्लिङ निर्माण कार्यका लागि १२ लाख एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।