प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट
धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा पूर्वाञ्चल तथा मध्यमाञ्चल टिम विजयी भएका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पुरा भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । शुक्रबारको दोस्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदूरपश्चिममाथि १२ रनले जीत हासिल गर्यो ।
शुक्रबारको पहिलो खेल नेपाली टोलीकी कप्तान समेत रहेकी पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको नाममा रह्यो । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच बनेकी रुवीनाले ४१ रन बनाउनका साथै दुई विकेट पनि लिइन् ।
टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा एक सय ३४ रनको सम्मानजनक स्कोर खडा गर्यो ।
पूर्वाञ्चलका रुवीनाका साथै काजोल श्रेष्ठले ४२, र रोमा थापाले २५ रनको सानदार पारी खेलिन । पूर्वाञ्चलको ब्याटिङ पारीमा रुवीना र काजोलबीच तेस्रो विकेटका लागि ६८ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो ।
मध्यमाञ्चल भने १९ आंैं ओभरमा ३६ रनमै अलआउट भयो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । चार खेलाडी सून्य रनस्कोरमा आउट भए ।
मध्यमाञ्चलमाथि ९८ रनको सानदार जीत प्राप्त गर्ने क्रममा पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले दुई/दुई विकेट लिए ।
अर्को खेलमा मध्यमाञ्चलले सुदूरपश्चिमलाई हराएर अन्तिम चारमा पुगेको छ ।
टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५ रन बनायो ।
मध्यमाञ्चलका सीता श्रेष्ठले २३, अस्मिता खरेलले २२ तथा रोशनी बोहरा र आरती विराडीले १४/१४ रन बनाए ।
मध्यमाञ्चलको ब्याटिङ पारीमा रोशनी र अस्मिताबीच दोस्रो विकेटका लागि २९ रनको साझेदारी भएको थियो ।
बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले चार तथा कविता कुँवर र लक्ष्मी साउँदले एक/एक विकेट लिए ।
एक सय छ रनको विजयी लक्ष्य सहित ब्याटिङ गर्न ओर्लेको सुदूरपश्चिमले राम्रो सुरुवात गरे पनि जीत प्राप्त र्ग सकेन । सुदूरपश्चिम २० ओभरमा तीन विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका शीर्ष नम्बर ब्याट्सम्यान कविता कुँवर र कप्तान मञ्जु वोगटीबीच ३६ रनको साझेदारी भएको थियो । कविताले २२ रन बनाइन् भने मञ्जुले आठ रन बनाइन् ।
त्यस्तै, बलिङमा उत्कृष्ट प्रदर्शन (चार विकेट) गरेकी कविता जोशीले तेश्रो नम्वरमा व्याटिङ गरेर अविजित रहँदै ३९ रन बनाइन् । तर उनको सानदार पारीले पनि सुदूरपश्चिमलाई जित दिलाउन सकेन ।
खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भईन् ।
भोलि (शनिबार) हुने सेमिफाईनलमा मध्यमाञ्चल र पूर्वाञ्चलबीच खेल हुने छ । त्यस्तै, समुह ए को उपविजेता सुदूरपश्चिमलले समूह वीको विजेता एपीएफसंग भिड्ने छ ।