१४ कार्तिक २०८१, बुधबार

उपसभामुखमा जोशी बिजयी



धनगढी । सात नम्वरको प्रदेशको उपसभामुखमा दार्चुला जिल्लाका सांसद निर्मला वडाल जोशी निर्बिरोध निर्बाचित हुनुभएको छ ।
आइतबार बसेको प्रदेश संसदको बैठकले जोशीलाई उपसभामुखमा निर्बिरोधरुपमा निर्बाचित गरेको हो । बामगठवन्धनबाट नेकपा माओबादी केन्द्रले उपसभामुखको उम्मेदवार बनाइनु भएकी जोशीलाई सभामुख अर्जुनबहादुर थापाले निर्बाचित भएको घोषणा गर्नुभएको थियो ।
जोशीलाई सांसद अक्कल रावलले प्रस्ताब र तारा लामातामाङले समर्थन गर्नुभएको थियो ।
संसदको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएका संसदका उपसचिब झलक शर्मा सापकोटाले बताउनुभयो ।
यसैबीच उपसभामुख जोशीले पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ । उहाँलाई सभामुख थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु दीर्घ सोडारी, पठानसिंह बोहरा, माया भट्ट र प्रदेश सांसदहरुक उपस्थिति रहेको थियो ।
उपसभामुखमा निर्बाचित भएपछि प्रतिक्रिया दिदै ३२ बर्षिया जोशीले आफु निश्पक्ष भएर संसदका काम कार्बाही अघि बढाउन प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले आइतबार नै पदभार ग्रहण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार