१४ कार्तिक २०८१, बुधबार

मुख्यमन्त्रीमा बहुमत सांसद भट्टको पक्षमा



धनगढी । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट (डोटी) का पक्षमा प्रदेशका माओवादीका बहुमत सदस्यले समर्थन गरेका छन् । माओवादी केन्द्र तथा एमालेको बाम गठबन्धनले प्रदेश नम्बर ७ र ६ मा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भइरहेको छ ।

त्रिलोचन भट्ट

माओवादी केन्द्रको प्रदेश ७ कार्यालयले केही दिनअघि भट्टलाई मुख्यमन्त्रीका लागि पार्टी हेडक्वार्टरलाई सिफारिस गरेको थियो । प्रदेश इञ्चार्ज लेखराज भट्ट र सहसंयोजक लक्ष्मणदत्त जोशीले प्रदेश सांसद भट्टलाई मुख्यमन्त्रीका लागि सिफारिस गरेपछि पार्टीभित्र विवाद चर्केको छ ।
असन्तुष्ट पक्षले मुख्यमन्त्रीका लागि सिफारिस गर्दा पार्टीको प्रदेश कमिटीले एकलौट निर्णय गरेको आरोप लगाउँदै आएको छ । यस क्रममा गत आइतबार प्रदेश नम्बर ७ मा रहेका माओवादी केन्द्रका १४ जना सांसदहरूबाट मतदान भएको बताइन्छ । मतदानमा १२ जना प्रदेश सांसदले भट्टको पक्षमा तथा कैलालीका वीरमान चौधरी र दार्चुलाका मानबहादुर धामीले विपक्षीमा मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार