६ कार्तिक २०८१, मंगलवार

नि:शुल्क आँखा शिविर



धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा आइतबार नि:शुल्क आँखा शिविर भएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र मोहन्याल गाउँपालिकाको संयुक्त आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा सञ्चालन भएको शिविरबाट चार सय ७६ जनाको आँखा परीक्षण गरिएको जनाइएको छ ।
मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकी, सोल्टामा सञ्चालित शिविरमा ९७ जनाको नि:शुल्क शल्यक्रिया गरिएकोमा ९६ जना मोतिविन्दुका विमारीको नि:शुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुन: प्रदान गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।
सो शिविरमा एक सय सात जनालाई नि:शुल्क चश्मा उपलब्ध गराउनको साथै दुई सय ७३ जना आँखाका रोगीहरूको नि:शुल्क औषधि उपचार समेत गरिएको उनले जानकारी दिए ।
गेटा आँखा अस्पतालका वरिष्ट नेत्र विशेषज्ञ डा. रविधर भण्डारीको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ट नेत्र अधिकृत भट्ट लगायत १२ जना प्राविधिकहरूको टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार