६ कार्तिक २०८१, मंगलवार

जेठभित्रै स्थानीय निर्वाचन हुन्छ: उपप्रम महरा



धनगढी । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी जेठ महिनाभित्र स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । उनले सरकारले जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी आवश्यक तयारी समेत गरिरहेको बताए ।
प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले स्थानीय तह वा निकायको निर्वाचन भन्नेबारे अझैं टुंगो नलागेको बताए ।
उनले स्थानीय तह निर्धारण
आयोगको प्रतिवेदनप्रति आएका केही गुनासाको अझैं सम्बोधन बाँकी रहेकोले तत्काल निर्वाचनको समय तालिका घोषणा हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार