फोर्स मोटर्सका चार व्रान्ड बजारमा
धनगढी । फोर्स मोटर्सका चार नयाँ ब्रान्डका गाडी प्रदेश नम्वर ७ को बजारमा आएका छन् ।
जर्मनी प्रविधिको मर्सिडिज बेन्चको इन्जिन भएको फोर्स मोटसर््का चार ब्रान्ड बुधबार एक समारोहबीच धनगढीमा प्रस्तुत गरियो । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ब्रान्डको उद्घाटन गरेका थिए ।
प्रदेश नम्बर ७ का लागि फोर्स मोटर्स्को आधिकारिक डिलर असिम सिंह ईन्टरप्राईजेजले ट्राभल्सर एसी बस, स्कुल बस, ट्राभल्सर रोयल र ट्रयाक्स डिलक्स व्रान्ड बिक्रीका लागि ल्याइएको ईन्टरप्राईजेजका अध्यक्ष धर्मेन्द्र सिंहलेबताए ।
ब्राण्ड लन्चिङ कार्यक्रममा फोर्स मोटर्स् भारतका मार्केटिङ म्यानेजर सुनील शंख, नेपालका लागि आधिकारिक डिलर सिद्धार्थ विश्वज्योती मल्टीप्रपोजका अध्यक्ष दिनेशमान अमात्य, सोकी कम्पनीका प्रबन्ध निर्देशक प्रवीन भारी लगायतको सहभागिता रहेको थियो ।