६ कार्तिक २०८१, मंगलवार

लक्ष्मीकत्था कप : जेके र नवदूर्गा विजयी



अत्तरिया । कैलालीको अत्तरियामा जारी लक्ष्मीकत्था कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा जेके मावि र नवदुर्गा मावि विजयी भएको छन् ।
जेके माविले विजय माध्यामिक विद्यालयलाई १–० गोलले पराजित गरेको थियो ।
जेकेका खेलाडी अशोक चौधरीले गोल गरेका थिए । उनी म्यान अफ द म्याच भए ।
अर्को खेलमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ए टिमले एभरेष्ट एकेडेमीलाई २–० ले हराएको छ । नवदूर्गाका गजेन्द्र शाही तथा दीपक थापाले एकएक गोल गरेका थिए । से खेलमा गजेन्द्र म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार