६ कार्तिक २०८१, मंगलवार

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकियो



धनगढी । सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीलाई तोकेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोकेको जनाइएको छ ।
राजधानीबारे केही प्रदेशमा विवाद जारी रहेको वेला सरकारले अस्थायी राजधानी तोकेको छ ।
सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी बिराटनगर, २ नम्बरको जनकपुर, ३ नम्बरको हेटौंडा, ४ नम्बरको पोखरा, ५ नम्बरको रुपन्देही, ६ नम्बरको सुर्खेत र ७ नम्बरको अस्थायी राजधानी धनगढीलाई तोकेको छ ।
संविधानत: प्रदेश सभाले प्रदेशको नाम र राजधानी तोक्ने व्यवस्था गरेको छ । सरकारले अस्थायी राजधानी तोकेपछि प्रदेश सभा सदस्यको सपथ ग्रहण तथा प्रदेश सभा बैठक सञ्चालन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार