८ कार्तिक २०८१, बिहीबार

धनगढी लेडी जेसीजमा दिप्ती



धनगढी । धनगढी लेडी जेसीजको अध्यक्ष दिप्ती शाही चयन भएकी छन् । बिहीबार धनगढीमा भएको चौथो अधिवेशनबाट दिप्ती निर्विरोध रूपमा अध्यक्षमा चयन भएकी जनाइएको छ ।
त्यस्तै, कार्यकारी उपाध्यक्षमा तुलसी शाही र सविता ऐर, उपाध्यक्ष मञ्जु शाही, दीपा शाह, शान्ति भट्ट र धर्मा जोशी चयन भएकी छन् ।
लेडी जेसीजको कानुनी सल्लाहकारमा पुनम चटौत, महासचिव लक्ष्मी शाही र कोषाध्यक्षमा निर्मला श्रेष्ठ चयन भएका छन् ।

दिप्ती शाही

यसअघि अधिवेशनको सांसद नारदमुनी रानाले एक समारोहबीच उद्घाटन गरेका थिए । कार्यक्रम धनगढी लेडी जेसीजकी निवर्तमान अध्यक्ष निर्मला भट्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा सांसद रानाले सरकारले हरेक प्रदेशमा सांस्कृतिक शहर, नमुना शहर/गाउँ निर्माण गर्ने योजना बनाएको चर्चा गर्दै ७ नम्बर प्रदेशमा नमुना र सांस्कृतिक शहर बनाउन जेसिजले भूमिका निर्वाह गर्न आग्रह गरे ।
नेपाल जेसिजका कोषाध्यक्ष हेमराज ओझाले विगतदेखि नै स्मार्ट भिलेज निर्माण गर्ने योजना लिएको र त्यो कार्य यो वर्षभित्रै अघि बढाइने बताए ।
कार्यक्रममा धनगढी लेडी जेसीजकी संस्थापक अध्यक्ष संगिता खडकाले धनगढी जेसिजले नयाँ तरिकाले अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा उद्यमी महिला विष्णु पुरी, जेसीजका अध्यक्ष यज्ञराज ओझा, पूर्व अध्यक्ष कृष्ण बोहोरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव पुनम चटौतले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार