१४ कार्तिक २०८१, बुधबार

साथी अस्पतालद्वारा २४ घन्टे विशेषज्ञ सेवा



टीकापुर । टीकापुरस्थित साथी अस्पतालले २४ घण्टे विशषेज्ञ स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले एमबीबीएस डाक्टरबाट आकस्मिक सेवा तथा सर्जन र फिजिसियन गरी दुई जना डाक्टरबाट नियमित विशषेज्ञ सेवा दिइरहेको जनाएको छ ।
त्यस्तै, अस्पतालले महिनामा दुई पटक छाला विशषेज्ञ, चार पटक हाडजोर्नी उपचार सेवा, र दुई पटक स्त्रीरोग उपचार सेवा दिइरहेको जनाएको छ । ‘सकेजति टीकापुर मै उपचार होस् भन्ने उद्देश्यले विशषेज्ञ डाक्टरको सेवा अस्पतालमै मिलाएका छांै, अस्पताल व्यवस्थापक नगेन्द्र शाहीले भने– सर्वसाधारणले थाहा नपाएका कारण विशेषज्ञ सेवा लिनेको संख्या सोचे अनुसार भएको छैन ।
उनले विशषेज्ञ सेवा लिन बाहिर जानुपर्ने र महंगो शुल्क तिर्नुपर्ने बाध्यता भएकोले साथी अस्पतालले सार्वजनिक विदाका दिनमा बाहेक अरु दिन दुई सय रुपैयाँमा विशषेज्ञ सेवा दिइरहेको बताए ।
साथी अस्पतालमा १५ बेड सञ्चालनमा रहेका छन् । आधुनिक ल्याव सहित भिडियो एक्सरे, इण्डोस्कोपी, डिजिटल एक्सरे र इसिजी लगायतका सेवा प्रदान गर्दै आएको छ । गत साउनबाट सञ्चालनमा आएको साथी अस्पतालमा २९ स्वास्थ्यकर्मी र कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार