६ कार्तिक २०८१, मंगलवार

हिमशिखरको अध्यक्षमा भण्डारी



धनगढी । हिमशिखर को–अपरेटिभ्स लिमिटेडको अध्यक्षमा दुर्गाप्रसाद भण्डारी चयन भएका छन् । आईतबार सुरु भएको संस्थाको नवौं साधारण सभाले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ ।
कार्यसमितिको उपाध्यक्षमा रोशन सिंह, सचिवमा विमलकुमार जोशी र कोषाध्यक्षमा लक्ष्मीराज भट्ट रहेका छन् ।
त्यस्तै, सदस्यमा दिनेश पाठक, विष्णु पुरी, धिरेन्द्र शाही, महेश जोशी र धिमलाल जोशी रहेका छन् ।
त्यस्तै संस्थाको लेखा समिति संयोजकमा पुष्पराज ओझा तथा सदस्यमा धनराज अवस्थी र रामचन्द्र जोशी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार