६ कार्तिक २०८१, मंगलवार

धनगढीमा शंकास्पद वस्तु फेला



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा फेला परेको शंकास्पद वस्तु डिस्पोजल टोली डिस्पोज गरेको छ ।
आज बिहान १० बजेर १५ मिनेटमा दुई पटकमा टोलीले सो डिस्पोज गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो वस्तु तर्साउनलाई राखिएको जनाईएको छ । ‘टिफिन बक्स’ जस्तो एउटा बट्टा र अर्को कालो प्लास्टिकको पोका राखिएको ठाउँमा तारसमेत देखिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विनोद घिमिरेले मानिसलाई तर्साउन सामान राखिएको बताए ।
धनगढी उपमहानगरपालिका–२, कृष्णनगरस्थित कलम घर एण्ड जनरल सप्लार्यस रहेको पसलको बाहिरपट्टी राखिएको थियो । सो भवनमा २०६७/६८ सालमा जिल्ला अदालत कार्यालय रहेको थियो । जिल्ला शिक्षा कार्यालयभन्दा एक सय मिटर पश्चिम चौराहामा रहेको सो घरमा कसले र किन राखेको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार