६ कार्तिक २०८१, मंगलवार

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियांमा बुधबार मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वन टेस्ट मोटरसाईकलको ठक्करबाट साईकलमा सवार बौनीयाका ७३ वर्षीय गणेशप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ११ बजेतिर धनगढीका २३ वर्षीय आशिष घिमिरे चलाएको मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका जैशीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ ।
मोटरसाईकल चालक र मोटरसाईकललाई बौनियाँ प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार