६ कार्तिक २०८१, मंगलवार

पूर्व राजारानी सुदूरपश्चिमको भ्रमणमा



धनगढी । पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल सुदूरपश्चिम भ्रमणमा आउने भएका छन् । एक हप्तापछि केही दिनको निजी भ्रमणमा मध्यपश्चि हुँदै पूर्व राजदम्पती सुदूरपश्चिम आउने कार्यक्रम रहेको श्रोतले जानकारी दिएको छ ।
भ्रमणको क्रममा उनीहरु डोटीको शैलेश्वरी, बैतडीको त्रिपुरासुन्दरी र डडेलधुराको उग्रतारा जाने कार्यक्रम रहेको छ ।
पूर्वराजादम्पतीले डोटीमा शुभचिन्तकसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ । तर डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राजदम्पती आउने कुनै आधिकारीक जानकारी नआएको बताए ।
राजादम्पती आगामी साता सुदूरपश्चिम आउने खबर आएपछि यहाँका राजा सर्मथक नेताहरुको जिल्लामा निकै चहल पहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार