६ कार्तिक २०८१, मंगलवार

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका–४, निमुवाबोझिचौकस्थित ट्रक दुर्घटना हुँदा एकको ज्यान गरएको छ भने एक गम्भीर घाइते भएका छन् ।
आज विहान करीब सवा ४ बजे दाङबाट धनगढीतर्फ गइरहेको सिमेन्ट बोकेको ना ६ ख १९९० नम्बरको ट्रक दुर्घटनामा ट्रक चालक दाङ निवासी ४० वर्षिय हरिप्रसाद चौधरीको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै, सहचालक अनिल चौधरी घाइते भएका छन् ।
घाइते चौधरीलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालयका बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए ।
शाहीका अनुसार विहान अध्यारो र बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार