६ कार्तिक २०८१, मंगलवार

पत्रकार मिश्रमाथिको कुटपिट घटना : अस्पताल प्रशासनले माफी माग्यो



धनगढी । मंगलबार राति अनाहकमा भीजन अस्पताल कर्मचारीहरूबाट पत्रकार प्रकाश मिश्रमाथि कुटपिट गरिएको घटनाप्रति अस्पताल प्रशासनले माफी मागेको छ ।
औषधी लिन जाने क्रममा मंगलबार राति सुखडस्थित भिजन अस्पतालका कर्मचारीले अनाहकमा कुटपिट गरेका थिए ।
घटनाको चौतर्फी विरोध भएपछि बिहीबार अस्पताल प्रशासनले पत्रकार मिश्रमाथि भएको घटनाप्रति दु:ख व्यक्त गर्दै माफी मागेको छ ।
घटनापछि नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, नेपाल प्रेस युनियन लगायतका संघ/संस्थाहरूले तीब्र विरोध गरेका थिए ।
अस्पतालका सञ्चालक गजेन्द्र अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति दु:ख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार