६ कार्तिक २०८१, मंगलवार

एपिएफ र न्यु बुद्ध सेमिफाइनलमा



धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको सोमबार भएका खेल जित्दै एपिएफ अत्तरिया र न्यु बुद्ध युवा क्लव फूलबारी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढी क्षेत्रीय रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा एपिएफले आयोजक फारवेष्ट पशुपति युवा क्लव बी लाई चार–सून्यले पराजित गरी सेमिफाइनलमा स्थान बनायो ।
मणिरम चौधरीको ह्याट्रिकमा एपिएफले फारवेष्ट पशुपति बीमाथि सहज जित निकालेको हो । मणिरामले पहिलो हाफको १३ औं र ३५ आंै तथा दोस्रो हाफको ६९ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, पहिलो हाफको १७ औं मिनेटमा विशाल राईले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच मणिराम भए ।
अर्को खेलमा न्यु वुद्ध युवा क्लवले फारवेष्ट अत्तरिया स्पोटर््स एकेडेमीलाई टाईव्रेकरमा ५—४ ले हरायो ।
निर्धारित र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा न्यु बुद्ध विजयी भयो । न्यु बुद्धका गोलकिपर सरोज कठरीयाले स्पोर्टस एकेडेमीका लोक मगरको प्रहारलाई रोकेका थिए ।
आज (मंगलबार) सुदूरपश्चिम–११ ए र स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङबीच तथा आयोजक फारवेष्ट पशुपति युवा क्लव ए र सुदूरपश्चिम–११ वी बीच खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार