६ कार्तिक २०८१, मंगलवार

धनगढी जेसिजमा ओझा



धनगढी । धनगढी जेसिज वर्ष २०१८ को अध्यक्षमा यज्ञराज ओझा चयन भएका छन् ।
शनिबार भएको ३५ औं महाधिवेशनबाट ओझा अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष ओझाले ७५ र प्रतिद्वन्द्वी नरेन्द्र अवस्थी ७५ मत प्राप्त गरेपछि गोलाप्रथाबाट अध्यक्षमा चयन गरिएको थियो ।
त्यस्तै, कार्यकारी उपाध्यक्षमा श्याम पाठक (८९ मत) र कमल पनेरू (७५ मत) निर्वाचित भए । कार्यकारी उपाध्यक्षका प्रतिस्पर्धी शंशाक कलौनीले ७० र जीवन सिंहले ६३ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा आठ जनाको उम्मेदवारी रहेकोमा रोशनप्रसाद भट्ट ८८, अरुणकुमार सिंह ८७, विनोदजंग थापा ७७ र जनार्दन बमले ७६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
अध्यक्षमा ओझा निर्वाचित भएपछि कानुनी सल्लाहकारमा भुवन पाण्डे, महासचिवमा लोकेन्द्र पनेरू र कोषाध्यक्षमा दिवाकरसिंह ठेकरेलाई सभाबाट मनोनित गरेका छन् ।
जेसिज धनगढीले कार्यसमितिका अन्य पदधाधिकारीहरू पदस्थापना दिन मनोनित गरिने अध्यक्ष ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार