६ कार्तिक २०८१, मंगलवार

सुदूरपश्चिम महोत्सव–२०७४ आजदेखि



धनगढी । कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव–२०७४ शुरु हुँदैन । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बिहीबार कैलाली उद्योग बाणिज्य संघले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कैलाली उद्योग बाणिज्य संघको आयोजनामा २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको छ ।
हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण एक सातापछि शुरु गरिएको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकरबहादुर बोगटीले जानकारी दिए ।
सुदूरपश्चिम अथवा प्रदेश नम्बर ७ को समग्र आर्थिक समृद्धिको उद्देश्यसहित सञ्चालन हुँदै आएको महोत्सवमार्फत सरकारसमक्ष विकासका विभिन्न माग प्रस्तुत हुँदै आएको छ ।
संघका अध्यक्ष शंकर बोगटीले यस पटक कैलाली क्षेत्र नम्बर ५ का नवनिर्वाचित सांसद नारदमुनि रानाबाट महोत्सवको उद्घाटन हुने बताए ।
पहिलो पटक २०६३ सालमा सुदूरपश्चिमको विकासका सवाल समेटेर २१ बँुदे माग सहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको माला लगाइएको थियो । यस पटक १६ वटा मागको प्रतिकका रूपमा प्रमुख अतिथीलाई १६ किलोको माला लगाइने अध्यक्ष बोगटीले बताए । उनले कलाकारको प्रस्तुती, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा एक सय ७० व्यापारिक स्टल, कृषि, होटल रेष्टुराँ सहित दुई सय ५० स्टल रहेको बताए ।
महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने तथा महोत्सव अवधिभरी करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।
त्यस्तै, महोत्सवमा बिक्री हुने टीकटको केही रकम पर्यटन प्रवद्र्धन गर्नका लागि शिवपुरीधाम र दैवी प्रकोप आकस्मिक कोषका लागि दिइने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । बिक्री हुने प्रति एक टीकटको एक रुपैया शिवपुरी धामका लागि
र प्रति टीकटको एक रुपैया दैवी प्रकोप आकस्मिक कोषका लागि प्रदान गरिने संघका अध्यक्ष बोगटीले बताए ।
धनगढीकै एक प्रमुख धार्मिक पर्यटकीयस्थल शिवपुरी धाम भएकोले त्यसको निर्माण पुरा गर्न सहयोगस्वरुप सो व्यवस्था गरिएको उनले बताए ।
‘हामीले दिने रकम धेरै नहोला तर सहयोग अभियान हो । यस्तै अभियानले विगतमा यस क्षेत्रमा थुपै्र काम भएका छन्’ अध्यक्ष बोगटीले भने ।
त्यस्तै वर्षेनी दैवी प्रकोपमा करौडो रुपैयाँ बराबरको क्षती हुने गरेको र हजारौं व्यक्ति पीडित हुने गरेकोले सरकारले पीडितको राहतका लागि वितरण गर्दै आएको कोषमा रकम अभाव हुन नदिन सहयोग गरिने उनले बताए ।
कैलाली उद्योग वाणिज्य संघले धनगढी विमानस्थलको कालोपत्रे कामलाई अघि बढाउन महोत्सवबाटै एक रुपैयाँ अभियान शुरु गरेको थियो ।
धनगढीमा रकम अभावले अधुरा रहेका आयोजना, योजना, पुर्वाधारमा थोरै पनि रकमले केही राहत पुगोस भनेर महोत्सवबाटै एक रुपैया अभियान गरिदै आएको छ ।
यसको प्रभावले धनगढीका केही समस्याहरु समाधान भएको पनि पाईएको अध्यक्ष बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार