६ कार्तिक २०८१, मंगलवार

आजदेखि फारवेष्ट पशुपति कप फुटवल



धनगढी । आजदेखि धनगढीमा फारवेष्ट पशुपति युवा कप फुटवल २०७४ शुरु हुँदैछ । फारवेष्ट युवा क्लवको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । धनगढीमा २०७२ सालदेखि फारवेष्ट कप फुटवल सञ्चालन हुँदै आएको छ ।
क्लवका अध्यक्ष खेम रावतले प्रतियोगितामा प्रदेश नम्बर ७ का सबै जिल्लाका साथै दाङ, बुटवलसहित देशभरी भारत तथा विभागीय टीम गरी १६ टिमको सहभागिता रहने बताए
प्रतियोगिता विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार