८ बैशाख २०८१, शनिबार

धनगढीमा यार्डको प्रजनन स्वास्थ्य तथा यौनिक शिक्षाबारे अन्तरक्रिया सम्पन्न



धनगढी/धनगढीमा यार्ड नामक संस्थाले आज पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ। उक्त संस्थाले प्रजनन स्वास्थ्य तथा यौनिक शिक्षाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा २ वटा प्रस्तुति समेत गरिएको थियो। जसमा प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख जगदिश जोशी र वरिष्ठ पत्रकार मनमोहन स्वारले प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। उनीहरुले सुदूरपश्चिम प्रदेशमा प्रजनन तथा यौनिक शिक्षा सम्बन्धिको विद्यमान अवस्था के कस्तो छ भन्ने विषयमा प्रस्तुति राखेका थिए।

यस्तै छलफलमा खुला छलफल, सिकाइ तथा अनुभव आदानप्रदान पनि गरिएको संस्थाका अध्यक्ष वन्शी चौधरी (स्माइल) ले बताए। उनले आफ्नो संस्था सुरक्षित गर्भपतन तथा यौनशिक्षाका साथै मातृ शिशु मृत्युुदर घटाउने, बालविवाह रोक्ने कुराहरुमा क्रियाशील रहेको उनले बताए। यस्तै संस्था र कार्यक्रमबारे महेन्द्र शाहीले प्रकाश पारेका थिए।

यार्डले किशोर किशोरी एवं प्रजनन तथा यौनिक शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ। उक्त संस्थाले १५ वर्षदेखि ३० वर्ष समूहका युवा युवती लक्षित काम गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार