१ माघ २०८१, मंगलवार

प्रदेश सभा निर्वाचन : रुकुम पश्चिमको कांग्रेसको उम्मेदवारी खारेज




धनगढी/ कर्णाली प्रदेशको रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ।

रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको जानकारी दिए ।

ओली विरुद्ध उम्मेद्वार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृत केसीका अनुसार कांग्रेस उम्मेदवार ओली सो उजुरीको प्रतिवाद गर्न पनि आएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार