६ बैशाख २०८१, बिहीबार

प्रदेश सभामा सामाजिक विकास मन्त्रीको प्रस्टीकरण



माननीय सभामुख महोदय,

प्रादेशिकस्तरमा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला–बालबालिका, भाषा–संस्कृती, श्रम तथा रोजगारका क्षेत्रहरुमा प्रदेश सरकार कार्यबिभाजन नियमावली २०७४ मा उल्लेख भए बमोजिमका क्षेत्राधिकार भित्र रहेर सामाजिक विकास मन्त्रालयले कार्य सम्पादन गर्दै आइरहेको व्यहोरा सम्मानित सदनलाई जानकारीनै छ। मन्त्रालय र मातहतका निकायले चालु आ.व.मा हालसम्म गरेका र सदनमा उठेका विषयहरु मथिसम्मानित सदनलाईजानकारी गराउन चाहन्छु ।

माननीय सभामुख महोदय,

सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकार र सरोकारवाला निकायहरुसंग निरन्तर छलफल, र समन्वय गरेर आवश्यक नीति तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ । मन्त्रालयबाट कोभिड रोग नियन्त्रण गर्न मुख्यगरेर संस्थागत संरचना निर्माण,जनचेतना अभिवृद्दी, प्रयोगशाला स्थापना एवं कोरोना नमुना संकलन र परिक्षण, क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापनमा सहयोग, संक्रमितहरुको उपचार लगायतका कार्यहरुमा संघीय सरकार र स्थानीय तहहरु संग समन्वय गर्दै कार्यहरु गर्दै आईरहेको कुरा सर्वविदितै छ ।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताल अन्तर्गत ५० शैयाको कोभिड रोग विशेष उपचार प्रिफ्याब अस्पताल संचालनमा ल्याएको छ ।सेती प्रादेशिक अस्पतालमा थप ५० शैयाको कोरोना अस्पताल निर्माणको लागि टेन्डर भई सम्झौता पनि भई सकेको र संघीय सरकारबाट रुख काट्ने अनुमति समेत प्राप्त भई सकेको हुदा चाडै कार्य सम्पन्न हुनेछ ।

टिकापुर र ६ वटा जिल्ला अस्पतालहरुमा १० शैयाको महामारी विशेष उपचारको लागि संरचना तयार गर्ने कार्य शुरु गरिएकोछ । कोरोना विशेष उपचारको लागि २० वटा भेन्टिलेटर खरिद गरेर अस्पतालहरुमा पठाई सकिएको रप्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा १२५ वटा HDU खरिद सम्झौता भई आपूर्ति हुने चरणमा रहेको छ ।

माननीय सभामुख महोदय,

मिति २०७७/१२/११ गते सम्म दुई लाख ६२ हजार तीन सय ९३जनाकोकोरोनाको लागि नमुना संकलन गरेका छौ । जस अन्तर्गत १४हजार ७६जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।जसमध्ये१३ हजार ९ शय ९९ जनाकोरोना मुक्त हुनुभएको छ भने ५६ जनाले दुखद मृत्युवरण गर्नु परेको थियो । मप्रदेश सरकार र व्यक्तिगत तर्फबाट सम्मानित सदन मार्फत दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमाहार्दिक संवेदनासमेतव्यक्तगर्न चाहन्छु । हाल कोभिड–१९ को व्यवस्थापनको लागि ९ वटा जिल्लाको ८५ वटा आइसोलेशन स्थानमा २२६१ वटा आइसोलेशन बेड रहेका छन । अहिले संस्थागत आइसोलेशनमा चार जना व्यक्तिहरु बसिरहेका छन भने आईसीयु र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या आजका मितिसम्म शुन्य छ ।

माननीय सभामुख महोदय,

अब म कोभिड–१९ विरुद्दको खोपको विवरण प्रस्तुत गर्न चाहन्छु । २०७७ माघ १४ देखि माघ २४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा १४ हजार८८५ स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकार सरसफाईकर्मी र खोप केन्द्रमा खट्नु भएका सुरक्षाकर्मी र स्वयंसेवकहरुलाई खोप लगाएका थियौ । पहिलो चरणको दोस्रो प्राथमिकतामा मिति २०७७ फाल्गुण २ गते देखि १० गतेसम्म २३ हजार चारसय१७ कारागारका बन्दि, जनप्रतिनिधि र कर्मचारी, बैंकका कर्मचारी, सिमानाकामा खटिनु हुने सशत्र प्रहरी र संचारकर्मीहरुलाई खोप लगाएका थियौ ।

अभियानको दोस्रो चरणमा फाल्गुण २३ गतेदेखि चैत्र ३ गते सम्म ६५ वर्ष भन्दा माथि र पहिले छुटेका स्वास्थ्यकर्मीहरु १ लाख५३हजार६ सय५६ जनालाई गरि जम्मा १ लाख ९१ हजार ९ शय ५८ जनालाइकोरोना विरुद्दकोखोपलगाएका छौ ।

भारतमा केहि दिन यता कोरोना संक्रमण बढ्दो क्रममा देखिएकोले विशेष गरि कैलाली, कंचनपुर, बैतडी र दार्चुला जिल्लाका सिमा नाकामा हेल्थ डेस्कको प्रभावकारी संचालनमा जोड दिई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा मन्त्रालय र मातहतका सम्पूर्ण निकायहरु कार्यरत रहेको कुरा सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु ।

मा.सभामुख महोदय,

अब म सामाजिक विकास मन्त्रालयका मुख्य क्षेत्रगत क्रियाकलापहरुको कार्यान्वयन अवस्थाको बारेमा जानकारी गराउन चाहन्छु । हाल मन्त्रालयको चालु र पुजीगततर्फ कुल वित्तीय प्रगति करिब २७ प्रतिशत रहेको छ । प्रायः योजनाहरु भौतिक पूर्वाधार निर्माण, औजार, उपकरण खरिद, स्वास्थ्य संस्था भवन निर्माण, विद्यालय भवन निर्माण, खेल मैदान निर्माण लगायत रहेकालेसम्झौता भई कार्यान्वयनको चरणमा रहेका र भुक्तानी हुन बाकी रहेकालेचालु आ.व. को अन्त्यसम्ममा लक्ष्य अनुरुपको वित्तीय प्रगति हासिल हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।

मा.सभामुख महोदय,

स्वास्थ्य तर्फ मन्त्रालय प्रदेश मातहतका अस्पतालहरुबाट बिरामीलाई दिईने सेवा सुधार केन्द्रित कार्यहरु गरिरहेका छौ । सेती प्रादेशिक अस्पताल अन्तर्गत ट्रमा युनिट स्थापनाको कार्य प्रारम्भ गरिएको छ । टिकापुर अस्पतालमा ५० शैयाको सरुवा रोग अस्पताल स्थापना एवं संचालनको प्रारम्भिक कार्यहरु शुरु गरिसकिएको, सेती प्रादेशिक अस्पतालमा सि.टि स्क्यान मेसिन खरिदको लागि सम्झौता गरिसकिएको, संघीय सरकार संगको समन्वयमा सेती प्रादेशिक अस्पतालमा MRI मेसिन खरिद गर्ने तयारी, सेती प्रादेशिक अस्पताल, टिकापुर र महाकाली अस्पतालमा थप अक्सिजन प्लान्ट स्थापना गर्ने, २ र वटा अत्याधुनिक प्रकारका टाईप –ब् एम्बुलेन्स खरिदगर्ने तयारीमा छौ ।

मा.सभामुख महोदय,

सेवाग्राहीको अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल र आयुर्वेद चिकित्सालयहरुको समयसापेक्ष पुनर्संरचना निर्माण गर्न सैदान्तिक सहमति प्राप्त भई संगठन र संरचना सर्वेक्षण कार्य शुरु गरेका छौ ।

अछाममा रहेको न्याय हेल्थ बयलपाटा अस्पतालको स्वामित्व सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिदिनुहुन भनि नेपाल सरकारसंग समन्वय गरिरहेका छौ । नेपालको संविधानले निशुल्क आधारभूतस्वास्थ्य सेवा स्थानीय तह मार्फत प्रदान गर्ने कुराको प्रत्याभूति गरेता पनि प्रदेश मातहतका जिल्ला अस्पतालहरुबाट ७० किसिमका निशुल्क औषधि वितरण गर्दै आइरहेका छौ भने स्थानीय तहहरुलाई पनि आधारभूत स्वास्थ्य सेवा प्रवाहमा सहजीकरणगरिरहेका छौ ।

९वटै जिल्लाका स्वास्थ्य कार्यालयहरु मार्फत कोभिड खोप सम्बन्धी कार्यहरु र स्वास्थ्य संस्था पहुच भन्दा टाढा रहेका वस्तीहरुमा प्रसुती केन्द्र भवन, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्यहरु अघि बढिरहेका छन । साथै प्रदेश स्वास्थ्य नीति निर्माणको पनि अन्तिम चरणमा पुगेका छौं ।

माननीय सभामुख महोदय,

प्रदेश सरकारकाजिल्ला स्थित शिक्षा, युवा तथा खेलकुद, महिला तथा बालबालिका लगायतका क्षेत्रहरु अन्तर्गतका योजनाहरु कार्यान्वयन गर्नको लागि ९ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना एवं संचालन गरिसकेका छौ । चालु आर्थिक वर्षमा महेन्द्र मावि खलंगा दार्चुला, केदार मावि गडा केदार ४,पिपलकोट बैतडी, जयपुर मावि देवलकोट पंचेश्वर गापा बैतडी भवन निर्माणाधीन अवस्थामा रहेका छन । दार्चुला, बझांग र बाजुरा जिल्लामा ३ वटा अनाथ असहाय बालबालिकाको शैक्षिक पहु“चका लागि विद्यालयमा आवासीय संरचना निर्माणाधिन रहेको छ । त्यसैगरि विभिन्न ६ वटा स्थानमा सामुदायिक प्राविधिक धारका विद्यालयमा छात्रावास निर्माणाधिन अवस्थामा रहेको छ । १६ वटा क्याम्पसहरुलाई पुस्तकालय व्यवस्थापन अनुदान दिइएको छ भने १० वटा क्याम्पसहरुमा फर्निचर सहित नया भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन ।प्रदेश सरकारको पहलमा एकीकरण र समायोजन भई आएका ३ ओटा विद्यालयमा ठुला संरचना निर्माणकोकार्य अघि बढाईएको छ भने बौद्दिक अपांगताको पुर्वाधारयुक्त विशेष विद्यालय निर्माण कार्य महाकाली मा.वि. बेलौरी कंचनपुरमा अघि बढेको छ ।

माननीय सभामुख महोदय,

विद्यालय भौतिक पूर्वाधार निर्माण तर्फ १३८वटा २ कोठे भवन, १०४वटा ४ कोठे भवन, ८७ वटा छात्रा शौचालय निर्माण कार्य प्रारम्भ गरिसकिएको छ । ९ वटा क्याम्पस र ६४ वटा सामुदायिक विद्यालयमा पठनपाठनलाई प्रविधिमैत्री बनाउ“न क्ष्ऋत् अनुदान दिईसकेका छौ । त्यसैगरि ३७ वटा सामुदायिक विद्यालयहरुमा विद्यालय मर्मतका लागि सम्झौता भई कार्यान्वयन चरणमा रहेका छौ । त्यसैगरि ३२ वटा निर्वाचन क्षेत्रमा खेलकुद मैदानको स्तरोन्नती तथा निर्माणमा ६ करोड ४० लाख विनियोजन भएको मध्ये २६ वटामा सम्झौता भइ कार्य अगाडी बढी सकेको छ । धनगढी रंगशालाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भईसकेको छ । ९ वटै स्वास्थ्य कार्यालयहरु मार्फत अपांगता भएका व्यक्तिहरुका निम्ति व्हिल चियर, किर्तिम हात खुट्टा लगायतका सहायक सामग्री वितरण गरिरहेका छौं ।साथै हिजो मात्र ढुवानी र व्यवस्थापनको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने गरि १५ ओटा स्पोर्ट व्हिल चियर, १५ ओटा ट्राई साईकल वितरण गरेका छौं । सामाजिक विकास कार्यालयहरु मार्फत महिला सशक्तिकरण कार्यक्रम कार्यान्वयन हुनेगरी प्रारम्भिक कार्य शुरु गरिसकेका व्यहोरा पनि सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु । व्यसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी र महेन्द्रनगरबाट १४६४ जना महिला र ७९७ जना पुरुषलाईछोटो अवधिका तालिम दिई क्षमता अभिवृद्दी गरिसकेका छौ ।

माननीय सभामुख महोदय,

भर्खरै मात्र यसैसम्मानितप्रदेश सभाले प्रदेश बालबालिका सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरिसकेको र दलित शसक्तीकरणसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७७ क्षलफलमा रहेकोव्यहोरा अवगत नै छ । प्रदेश सरकारले प्रदेश खेलकुद परिषद गठन गरि सकेको छ भने प्रदेश युवा परिषद गठन हुने चरणमा रहेको छ । विपदमा परेका विद्यालयहरुलाई सःशर्त अनुदान शिर्षकमा संघीय सरकारबाटरकम प्राप्त भएको हु“दा उक्त विद्यालयहरुको पुनस्र्थापनाको लागि अनुदान रकम पठाउने अन्तिम तयारि भई रहेको कुरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।

माननीयसभामुख महोदय,

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय आफ्ना हरेक क्रियाकलापहरुमा पारदर्शिता, स्पष्टता र जवाफदेहिता प्रति सदैव संवेदनशील रहने कुरा सम्मानित सदनमा राख्दै कोरोना संक्रमणको दोस्रो वेभ आउ“न सक्ने संभावनालाई मध्यनजर गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोभिड–१९ व्यवस्थापन र यसले पार्न सक्ने सम्भावित असर न्यूनीकरणका लागि दिर्घकालिन रणनीतिका साथ लागि परेको र कोभिड–१९ नियन्त्रण एवं व्यवस्थापन अन्तर्गत क्वारेन्टाइन, आइसोलेशन, प्रयोगशाला तथा उपचार सम्बन्धि संघीय सरकारबाट प्राप्त नीति निर्देशिका अनुसार समेत कार्यसम्पादन गरिरहेको जानकारी गराउदछु । हाल घरायसी क्वारेन्टाइन, क्वारेन्टाइन, आइसोलेशन र उपचारमा रहेका सम्पूर्णलाई सरकारले दिएका सुझावहरुको धैर्यताका साथ उच्च मनोबल सहित साबधानी अपनाई कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारि गरेको जनस्वास्थ्यका मापदण्डहरुको निर्दिष्ट रुपमा पालना गरिदिनुहुन समेतअनुरोध गर्दै प्रदेशमा कोभिड–१९ व्यवस्थापन कार्यको लागि खटिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, स्वयंसेवकएवं अन्य सरोकारवालाहरुलाई प्रदेश सरकार एवं मेरो व्यक्तिगत तर्फबाट समेत सम्मानित सदन मार्फत विशेष धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार