२१ भाद्र २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आगलागीका घटनामा बृद्धि, आठ जनाको मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी आगलागीका घटनामा बृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चाठ महिनामा आगलागीका एक सय १२ घटना भएको जनाइएको छ ।

यो अवधिमा आगलागीका घटनामा आठ जनाले ज्यान गुमाएका छन्् । भने घटनामा १३ जना घाइते भएका छन् ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा सुदूरपश्चिम प्रदेशमा आगलागीका घटनामा एक सय २२ जना प्रभावित भएका छन्् । तीन घटनामा १६ घर पूर्ण रुपमा क्षति भएका छन्् भने २९ घरमा आंशिक क्षति भएको छ ।

आगलागीका विभिन्न घटनामा चालू आर्थिक वर्षको आठ महिनामा छ करोड नौ लाख १६ हजार रुपैया मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७६÷७७ मा आगलागीका ९९ घटना भएका थिए । गत आर्थिक वर्षमा आगलागीका घटनामा छ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

गत आर्थिक वर्षमा आगलागीका घटनाबाट सुदूरपश्चिम प्रदेशमा एक सय पा“च घरपरिवार प्रभावित भएका थिए । त्यस्तै, २१ घर पूर्ण रुपमा क्षति भएका थिए भने २२ घरमा आंशिक क्षति पुगेको थियो । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा आगलागीका विभिन्न घटनामा एक करोड ८० लाख नौ हजार रुपैया“ मूल्य बराबरको क्षति पुगेको थियो ।

सुदूरपश्चिम प्रदेशमा वर्षेनी आगलागीका घटनामा बृद्धि भइरहे पनि नियन्त्रणका लागि प्रभावकारी योजना र तयारी रहेको छैन । प्रदेशमा आगलागीका घटनामा नियन्त्रणका लागि आवश्यक पर्ने अग्नी नियन्त्रक (दमकल) पनि पर्याप्त मात्रामा छैनन ।

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा मात्रै दुई वटा दमकल रहेका छन्् । प्रदेशका अन्य ८७ वटा स्थानीयमध्ये कुनैमा पनि दुई वटा दमकल रहेका छैनन् । अझ धेरै स्थानीय तहमा त दमकल नै उपलब्ध छैन ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद महाशाखाले दिएको तथ्यांक अनुसार प्रदेशभरी हालसम्म १८ वटा मात्रै दमकल रहेका छन् ।

प्रदेशमा सबैभन्दा बढी दमकल कैलाली जिल्लामा रहेका छन् । कैलालीमा छ वटा दमकल रहेका छन्् । १३ वटा स्थानीय तह रहेको कैलालीको धनगढी उपमहानगरपालिकामा दुई वटा दमकल रहेका छन्् भने गोदावरी, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकामा एक÷एक वटा दमकल रहेका छन् ।

कैलालीको भजनी नगरपालिका र गौरिगंगा नगरपालिकाले अहिलेसम्म दमकलको व्यवस्था गर्न सकेका छैनन् ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफा“टा, दोधारा–चा“दनी र पुनर्वास नगरपालिकामा एक÷एक वटा दमकल रहेका छन् । तर, वेदकोट, बेलौरी, कृष्णपुर र महाकाली नगरपालिकाले अहिलेसम्म दमकलको व्यवस्था हुन सकेको छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार डडेल्धुरा र बैतडी जिल्लामा दुई÷दुई वटा दमकल रहेका छन्् ।

त्यस्तै, डोटी, दार्चुला, बझाङ र अछाम जिल्लामा एक÷एक वटा दमकल रहेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अहिलेसम्म एउटा पनि दमकल उपलब्ध छैन ।

थोरै दमकल, धेरै क्षेत्र

धनगढी उपमहानगरपालिकामा दुई वटा दमकल रहेका छन् । कैलालीकोे गौरिगंगा नगरपालिकादेखि कैलारी गाउ“पालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाका कुनै पनि स्थानमा आगलागी भएमा धनगढी उपमहानगरपालिकाबाटै दमकल परिचालन गर्नुपर्ने हुन्छ ।

धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले भनिन– धनगढी र छिमेकी स्थानीय तहमा आगलागी भएमा यहीबाट दमकल परिचालन गर्नुपर्नेहुन्छ । यसले गर्दा पनि कहिलेका“ही एकैचोटी दुई÷तीन ठाउ“ आगलागी भए दमकलले भ्याउन सक्दैन ।

धनगढीमा पनि कुनै क्षेत्रमा आगलागी घटना भए छिमेकी स्थानीय तहको सहयोग माग्नुपर्ने अवस्था रहेको छ । शनिबार दिउ“सो झण्डै १२ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित आलोक मल्टी कन्सर्नमा आगलागी हु“दा उपमहानगरपालिकाले गोदावरी र पुनर्वास नगरपालिकाको दमकल मगाएको थियो । धनगढीका दुई वटा दमकलले पनि आगो नियन्त्रण गर्न नसकेपछि थप दुई स्थानबाट दमकल मगाएको थियो ।

उपप्रमुख भट्टले भनिन– हामीले विपदबाट क्षति हुन नदिन कोशिस गरिरहेका छौ ।

विद्युत सर्टसर्किट प्रमुख कारक बन्दै

२०७५ कार्तिक ५ गते रातीको समयमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित गणेश लक्ष्मी इन्टरप्राइजेजको गोदाममा आगलागी भयो । एक्कासी दिउ“सो करिब पौने चार बजे विद्युत सर्टकै कारण गोदाममा आगलागी भएको थियो । सो सयममा गोदाममा लागेको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाकाको दमकलको सहयोगले एक घण्टा पछि नियन्त्रणमा आएको थियो ।

२०७७ असोज १६ गते गोदावरी नगरपालिकाको गेटामा चार पसलमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हु“दा एक होटल र तीन किराना पसलमा क्षती भएको थियो ।

कैलाली प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले विशेषत पछिल्लो समय विद्युत सर्टकै कारण बढी आगलागी भइरहेको पाइएको बताए । उनले भान्सा र बारीमा लगाइएको आ“गोले पनि आगलागी हुने गरेको बताए ।

उनले भने– गाउ“घरतिर टुंकी, मैनबत्ति र विद्युत सर्टले आगलागी भइरहेका छन् भने शहरी क्षेत्रमा प्रायः विद्युत सर्टनै प्रमुख कारण बनेको छ ।’ उनले बच्चाहरूले सलाई लाइटर जस्ता बस्तु खेलाउने, खेतमा आगो लगाउ“ने क्रममा घर, बस्ती र जंगलमा आगो लाग्ने गरेको बताए । उनका अनुसार सानो गल्तीको कारण छोटो समयमा ठुलो धनजनको क्षति हुने गरेको छ ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख भट्टले सुुख्खा तथा हावाहुुरीको मौसम शुरु भएदेखिनै आगलागी घटना बढ्न सक्ने बताइन । उनले भनिन– दमकलभन्दा पनि आम सर्वसाधारणहरूले पनि पूर्व सावधानी अपनाउनुपर्छ ।’ उनले सबैले अगालागिबाट जोगिन प्रारम्भिक चरणमै तयार हुनुपर्ने बताइन ।

उनले भनिन– अहिले आगलागीबाट जोगाउन विभिन्न सुरक्षा सामाग्री रहेका छन् । यस्ता कुरा सबैले घर, पसलमा तयारी अवस्थामा राख्नुपर्छ ।’ उनले आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेको बताइन ।

उनले खाना पकाउन वा आवशयक काममा आगोको प्रयोग होसियारीका साथ गर्नुपर्ने, केटाकेटीलाई आगो प्रयोग गर्नबाट रोक्नुपर्ने, सलाइ, लाइटर, मट्टीतेल, पेट्रोल, डिजेलजस्ता आगोले सजिलै सल्किने वस्तु सुरक्षित राख्ने र बालबालिकाले नभेट्ने गरी राख्नुपर्ने बताइन ।

आगलागी हुन नदिन अपनाउनुपर्ने सावधानी

  • हुरीबतास चलेको समयमा आगोको प्रयोग नगर्ने ।
    आगोको प्रयोग गरीसकेपछि अगेनु, चुलो वा आगो बालेको ठाउ“मा राम्ररी पानी लगाएर आगो पूरा निभाउने ।
  • चुरोट, बि“डी, सुर्ती आदि सल्काएर खाँदै नहिँड्ने वा खाँदै नखाने, खाएमा राम्ररी निभाएर मात्र त्यसका ठूटा फाल्ने ।
  • वनजंगल छेउछाउ आगो नबाल्ने र वनमा आगो नलगाउने ।
    आगलागी भइहाले के गर्ने ?
  • आगलागी भएको जानकारी गाउ“समुदायसम्म राम्ररी पुग्नेगरी कराउ“दै वा सिंङ्की फुकेर जनसहभागिता जुटाउने ।
  • आगो फैलन नपाउ“दै नियन्त्रणमा तत्कालै जुट्ने ।
  • आगलागी नियन्त्रण गर्ने स्रोत, साधनको सहीरूपमा उपयोग गर्ने ।
  • उपलब्ध जनशक्तिलाई लाइनबद्ध गर्ने र पानी, हरिया बोटबिरुवा, बालुवा, माटोजस्ता वस्तु एकले अर्कामा हस्तान्तरण गर्दै आगलागी भएको स्थानसम्म पुर्‍याउने ।
  • सबैले सहयोगको भावनाले काम गर्ने ।
  • स्रोतसाधन नभएका स्थानमा छेउछाउमा आगो बढ्न नदिनु नै आगो नियन्त्रणको सफलता भएकाले त्यसतर्फ ध्यान दिने ।
  • आगलागीमा परेका मानिसलाई सम्भव भए अवस्थाअनुसार कुदेर, पल्टँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निक्लन लगाउने तथा सहयोग पुर्‍याउने ।
  • आगोको घेराबाट निक्लन सम्भव नभएका पीडितलाई पानीले भिजेकोे कपडा दिने प्रयोग गर्ने र त्यस्तो कपडा शरीरमा बेरेर बाहिर निकाल्न सहयोग गर्ने ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार