१७ बैशाख २०८१, सोमबार

जोखिम मोलेर मोटरसाईकमार्फत स्वाब बोक्दै



डडेल्धुरा । देशमा कोरोना संक्रमणको जोखिम बढेसंगै पहाडी जिल्लाका स्वास्थ्यकर्मीहरूले हिलो पहिरो र बाढीको जोखिम मोल्दै आएका छन् ।

ग्रामीण क्षेत्रका कच्ची हिलाम्मे सडकमा एक्लै खालि हात हिड्न त हम्मे हम्मे हुन्छ भने फोर आईस प्याक क्यारीयर बक्स भित्र कोरोना परिक्षणका लागि संकलन गरिएको स्वाबलाई घाटीमा झुण्ड्याएर हिड्नु पर्ने स्वास्थ्यकर्मीको रहर होईन बाध्यता रहेको छ ।

केही दिन अघि नवदुर्गा गाउपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रेम साउद हिलाम्मे सडकमा जोखिममोलेर ४७ जनाको कोरोना परिक्षणका लागी संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन् ।

संकलन गरिएको स्वाब राख्नका लागि गाउपालिकामा आईस प्याक अथवा डिप फ्रिज नभएको र सवै स्थानमा स्वाव राख्न नसकिने हुदाँ जोखिम मोलेरै भए पनि डडेल्धुरा अस्पताल पुरयाउनु पर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी प्रेम साउदले बताए ।

एक जना ल्याब असिस्टेन्टको भरमा नवदुर्गा गाउपालिका ५ वटै वडामा स्वास्थ्यकर्मी साउँदले स्वाव संकलन गर्दै आएका छन् । आईतबार मात्रै उनले वडा नं. ४ मा १९ जनाको स्वाव संकलन गरेका छन् । गाउपालिका सबै वडामा स्वास्थ्यकर्मी भए पनि नवदुर्गा गाउपालिकाको स्थानीय व्यक्ति भएकोले स्वाव संकलनका लागी उनी सवै वडामा पुग्ने गरेका छन् । उनले भने जागिर खाएको पनि ७÷८ वर्ष भयो नवदुर्गा गाउपालिकाकै स्थानीय भएकोले सवै वडामा स्वाव संकलनका लागि सहयोग गरिरहेको छु ।

साउद कार्यरत नवदुर्गा गाउपालिका वडा नम्बर ५ मा रहेको चामा स्वास्थ्य चौकीमा रहेपनि उनले केही दिन अघि हिलोमा जोखिम मोलेर बोक्दै गरेको स्वाव भने मणिलेक स्वास्थ्य चौकीमा संकलन गरिएको थियो । बर्षातको समयमा सडकहरू जम्मै हिलाम्मे अवस्थामा रहेका छन् सवै ठाउमा एम्बुलेन्स जान सक्ने अवस्था छैन त्यसकारणले पनि संकलन गरिएको स्वावलाई जसरी पनि डडेल्धुरा अस्पताल पुरयाउनु पर्ने हुन्छ । वर्षातको पानी निरन्तर परिरहेको छ बाटाघाटाहरू हिलाम्मे भएका छन् जस्तोसुकै अवस्था भए पनि संकलन गरिएको स्वाव डडेल्धुरा अस्पताल पुरयाउनु नै पर्ने हुन्छ ।

कयौँ स्थानहरूमा मोटरसाईकल पनि हिलोमा फस्दा अन्य व्यक्तिसंग सहयोग मागेर हिलोबाट पार गराउनु पर्ने हुन्छ यो सवै गाउपालिका भित्र कोरोना संक्रमण फैलिन नदिनका लागी गरिरहेको छु ।

उनले भने १०÷१२ वर्ष पहिले घर छोडेर कोही बसाई सरेका त कोही भारतमा नौकरी गरि उतै वसोबास भएका व्यक्ति पनि कोरोनाका कारणले गाउ फर्किएका छन् उनीहरूका घरहरू जिर्ण अवस्थामा रहेका छन् अरुको घरमा बास बसाउदा कोरोना संक्रमण हुने डर भएकाले पनि जतिसक्दो चाडो स्वाव संकलन गरि परिक्षणका लागि पठाउने गरेका छौ ।

केही दिन पहिले पहिले स्वाव संकलन गर्ने भनियो तर पिपिसेट लगाएर स्वाब संकलनका लागि तयार भएको थिए तर प्रशासनले रोक्न लगाएको कुरा प्रति चित्त दुखेको गुनासो समेत साउदले गरे ।

उनले भने क्वारेन्टाईन बसेको सात दिनपछि मात्रै कोरोना परिक्षणका लागि स्वाव संकलन गर्ने भन्ने जानकारी समयमै नगराउदा आफुले लगाएको पिपि सेट खोल्नु परेको थियो तर आजभोलि भने क्वारेन्टाईनमा ७ दिन पुगेका व्यक्तिहरूको मात्रै स्वाव संकलन गर्ने गरेका छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार