४ जेष्ठ २०८१, शुक्रबार

क्वारेन्टाइन बन्द हुँदा कोरोना सङ्क्रमण समुदायमा बढने आशंका



टीकापुर । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरु सिधै होम क्वारेन्टाइनमा पठाउदा कोरोनाको सङ्क्रमण सजिलै समुदायमा फैलिने सम्भावना बढेको छ ।

लकडाउनपछि भारतबाट भित्रिएका नागरिकलाई सीमा मै रेकर्ड राखेर स्थानीय तहलाई जानकारी दिने र स्थानीय तहले आफ्नो पालिकाका नागरिकलाई क्वारेन्टाइनमा राख्ने गरिएको थियो । पछिल्लो समय सीमाबाट स्थानीय तहलाई जानकारी दिन छाडिएको र सम्भावित सङ्क्रमितहरु घरै बस्न थालेका छन् ।

यसरी घर पुगेका मानिसहरु सबैले स्थानीय तहलाई आफू पुगेको जानकारी नदिने र जानकारी दिएकाहरु पनि होम क्वारेन्टाइनको नियमअनुसार नबस्दा समुदायमा कोरोना फैलिने त्रास बढेको हो ।

सरकारले विद्यालय खाली गर्न भनेपछि स्थानीय पालिकाहरुले क्वारेन्टाइन नै बन्द गरेका छन् । टीकापुर नगरपालिकाले साउन ९ गतेपछि क्वारेन्टाइन हटाइएको छ । त्यसयता भारत र अन्य देशबाट आएर होम क्वारेन्टाइनमा बसेका ३४ जना सङ्क्रमित फेला परिसकेका छन् ।

उनीहरु सबैलाई आइसोलेशनमा राखिएको र हालसम्म घरपरिवारलाई सङ्क्रमण नदेखिएको टीकापुर नगरपालिकाको जनस्वास्थ्य उपशाखा प्रमुख वलबहादुर रावलले जानकारी दिए ।

लम्कीचुहा नगरपालिकाका कोरोना सङ्क्रमितहरु पनि होम क्वारेन्टाइनमै बसिरहेका छन् । गत साता फेला परेका ३२ जना मध्ये एक जना मात्रै आइसोलेशनमा रहेका र बाकी होम क्वारेन्टाइन मै बसिरहेका स्वास्थ्य संयोजक जयन्ती विसीले जानकारी दिइन ।

लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखाले बाहिरबाट आएका मानिसको वडामा तथ्याङ्क राख्ने गरेको र हरेक आइतबार स्वाव सङ्कलन गरी जा“च गर्न पठाइरहेको छ । क्वारेन्टाइन छैन, सङ्क्रमित मानिसहरु पनि आइसोलेसनमा पनि बस्न मान्दैनन घरै जान्छन् बिसीले भनिन् ‐ मानिसहरु आफैपनि सचेत हुनुपर्छ ।

जानकी गाउ“पालिकाले भने घरमा बस्ने व्यवस्था भएका र छिमेकीले पनि सहमति दिएकालाई मात्र होम क्वारेन्टाइनमा पठाएको छ । घरमा बस्ने व्यवस्था नभएका १२ जनालाई सरस्वती मावि क्वारेन्टाइनमा राखिरहेको जानकी गाउ“पालिकाका स्वास्थ्य संयोजक जीतबहादुर चौधरीले जानकारी दिए ।
सङ्घीय सरकारले विद्यालयबाट क्वारेन्टाइन हटाउने निर्णय गरेपछि स्थानीय तहलाई भवन पाउन मुश्किल भएको छ ।

सरकारले निर्णय गरिसकेपछि विद्यालयबाट त हटने नै भयो, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की बताउछन्, स्थानीय तहलाई संस्थागत क्वारेन्टाइन बनाउनुस भनेर पत्राचारै गरिसकेका छौं खर्च अभाव भए प्रदेश सरकारलाई माग गर्नु भनेका छौ । क्वारेन्टाइन व्यवस्थापन गर्न नसके अवस्था भयावह हुन्छ ।’

माथिल्ला तहको निर्देशन अनुसार गर्दा कोरोना सङ्क्रमणले भयावहस्थिति लिन्छ कि भन्ने चिन्ता जनप्रतिनिधिलाई लागेको छ । स्कुलमा क्वारेन्टाइन खाली गर भनेपछि खाली गरेर सेनिटाइज गरेर छोडेका छौं ।

नगरभित्र उपयुक्त सामुदायिक भवन छैन । अब कहा“ राख्ने भन्ने समस्या छ, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन् , पहिले जस्तो सीमाबाटै को मानिस आउदैछ भन्ने पनि थाह हुदैन ।’

कैलालीको गौरीफन्टा नाकाबाट आजभोलि दैनिक ५०० जनासम्म आउने गरेका त्रिनगर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज बोहोराले जानकारी दिए । बोहराका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण राख्ने गरेको तर सबै पालिकालाई रेकर्ड पठाउने गरेको छैन् ।

विरामीले ढाँट्दा चिकित्सक पनि त्रासमा
कोरोना सङ्क्रमितहरु सजिलै अस्पतालमा पुग्न थालेपछि टीकापुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी चिन्तित छन् ।

केहि दिन अघि भारतबाट आएका कोरोना सङ्क्रमित व्यक्ति अस्पतालको बेडमा मलेरियाको उपचार गराइरहेको भेटिएका थिए ।

होम क्वारेन्टाइनमा बसेका व्यक्तिलाई ज्वरो आएपछि पहिले क्लिनिकमा जाच गराएछन् मलेरिया पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना हुनुभयो ।

भारतबाट आएका ती युवकले साउन ५ गते दिएको स्वावको १६ गते नतिजा पोजेटिभ आएपछि खोज्दै जादा अस्पतालमै भर्ना भई उपचार गराइरहेको पाइयो उनले नाम ठेगाना सबै गलत दिएको पाइयो टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कडेल बताउछन् , त्यसले स्वास्थ्यकर्मीलाई तनाव भयो र तीन जना चिकित्सक, इमर्जेन्सी टीम र ल्यावका गरेर १२ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नु प¥यो ।

सेवा दिइरहेकै छौं तर ढाट्नु भएन आफू र अरुलाई सुरक्षित बनाउन नियम नमान्दा सबैतिर कोरोना सङ्क्रमणको जोखिम बढेको छ उनले भने ।

टीकापुर अस्पतालमा साउन २५ गते आइतबार मात्रै २४८ जनाले ओपीडी र इमर्जेन्सीमा सेवा लिएका छन् आजको गोरखापत्रमा यो समाचार प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार