४ जेष्ठ २०८१, शुक्रबार

नवजात शिशुको मृत्युदरमा बृद्धि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु दरमा बृद्धि भएको छ । प्रादेशिक अस्पतालका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६÷७७ मा नवजात शिशुको मृत्युको संख्यामा बृद्धि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नवजात शिशु मृत्युको संख्या ४८ रहेको थियो भने गत आर्थिक वर्ष २०७६/७७ मा एक सय १५ नवजात शिशुको मृत्यु भएको जनाइएको छ ।
तथ्यांकअनुसार सेती प्रादेशिक अस्पतालमा आमाको गर्भमै मृत्यु भएका शिशुको संख्या अधिक रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सेती प्रादेशिक अस्पतालमा प्रसुतिका लागि भर्ना भएका आमाहरु मध्ये गर्भभित्रै १७ जना शिशुको मृत्यु भएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा गर्भभित्रै मृत्यु भएका शिशुको संख्या ८३ रहेको थियो ।
त्यस्तै, जन्मिदै मृत्यु हुने र जन्मेको एक साताभित्रै मृत्यु भएका शिशुको संख्या अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २८ रहेको थियो भने गत आर्थिक वर्ष २०७६/७७ मा त्यस्तो संख्या ३२ रहेको थियो ।
अस्पतालको तथ्यांकका अनुसार जन्मिदै मरेका शिशुको संख्या गत आर्थिक वर्ष २०७५/७६ मा २७ रहेको थियो भने जन्मेको एक साताभित्र एक जना शिशुको मृत्यु भएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा जन्मदै मृत्यु भएका शिशुको संख्या १२ र जन्मेको एक साताभित्र मृत्यु भएका शिशुको संख्या २० रहेको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले लकडाउनका कारण र स्वास्थ्य संस्थामा गर्भवति आमा ढिलो पुग्ने गरेका कारण शिशु मृत्युको संख्या बढेको बताए । उनले भने– लकडाउनका कारण अस्पतालसम्म पुराउन सवारी साधन चलेनन् । जसका कारण गर्भत्रिै बच्चा मर्ने गरेको कारण मृत्यु दर बढि देखिएको हो ।
सेती प्रादेशिक अस्पतालमा प्रसुति गराउन आउनेको संख्या पनि घटेको छ । सेती प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७५÷७६ मा पाँच हजार छ सय १७ सामान्य, एक हजार सात सय ६ शल्यक्रिया र पाँच सय ३७ उपकरणबाट प्रसुति गरिएको थियो भने आर्थिक वर्ष ०७६/७७ मा चार हजार आठ सय १९ जना महिलाको समान्य, एक हजार दुई सय ४७ महिलाको शल्यक्रिया र तीन सय ६९ महिलाको उपकरण प्रयोग गरि प्रसुति गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पताललाई कोभिड–१९ डेडिकेटेड अस्पताल घोषणा गर्दा प्रसुति गराउन आउनेको संख्या घटेको जनाइएको छ । सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्रले भने– कोभिड डेडिकेटेड अस्पताल घोषणा भएपछि प्रसुति गराउन आउने संख्या ह्वात्तै घट्यो । अहिले साउन यता पुरानै अवस्थामा आएको छ ।
उनले नवजात शिशु मृत्यु दरमा खासै फरक नआएको बताए ।
उनले नवजात शिशु मृत्यु दर घटाउन अस्पतालमै भेन्टिलेटर सहितको एनआइसियू (लेभल–३) सञ्चालनमा ल्याइएको बताए । ‘छ महिना अघि शुरु गरिएको यो सेवा अन्तर्गत हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्तरीय सेवा दिइरहेका छौं’ डाक्टर मिश्रले भने ।
उनले ‘नवजात शिशु मृत्यु हुनुको कारण शिशु आफै मात्र नभई आमाको गर्भमा धेरै समय बस्ने भएकाले आमाको स्वास्थ्यसंग जोडिने’ बताए । उनले भने– शिशु मृत्यु दर घटाउन राष्ट्रिय कार्यक्रम संगसंगै एनआइसियूलाई ‘लेभल–२’ बाट ‘लेभल ३’ मा लगेका छौं । जनशक्ति बढाएका छौं । एजेन्सीहरुले सरसमान प्रदान गरि सहयोग गर्नुका साथै अस्पतालका स्वास्थ्यकर्मीहरुलाई समयसमयमा तालिम प्रदान गरिरहेका छौं ।’
डाक्टर मिश्रले अस्पतालमा संघिय सरकारबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने– आमा सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति निःशूल्क र यातायात खर्च तथा सुत्केरी भत्ता उपलब्ध गराइन्छ ।
उनले प्रदेश सरकारले विभिन्न शिर्षकबाट बजेट पठाइरहेको बताए । उनले भने– प्रदेश सरकारबाट प्राप्त बजेटबाट जनशक्ति थप्ने, नयाँ–नयाँ उपकरणहरु खरिद गर्ने लगायतमा सहयोग भएको छ ।
उनले अस्पतालले पनि आवश्यक परेका औजारहरु खरिद गरिरहेको, आवश्यक जनशक्ति थप्ने, जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका काम अस्पताल तहबाट पनि भइरहेको बताए । उनले संघ÷संस्थाले पनि आवश्यक औजार र क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा काम गर्न सहज भएको बताए ।
उनले कोरोना पोजेटिभ भएका सुत्केरी महिलालाई प्रसुति गराउन छुट्टै कोठाको व्यवस्था गरिएको र नया“ जन्मेका नवजात शिशुलाई पनि छुट्टै किसिमको सानो कोठा बनाइएको बताए । उनले कोरोना पोजेटिभ आमाहरुलाई पनि परामर्श दिने काम भइरहेको बताए ।
सेती प्रादेशिक अस्पतालकी आमा सुरक्षा कार्यक्रमकी फोकल प्रसन यशोदा ढकालले कोरोना विशेष अस्पताल अलगै ठाउ“मा निर्माण भएपछि प्रसुति सेवा प्रवाह गर्नमा सहज भएको बताइन । उनले भनिन –‘हामीले प्रसुति गराउन आउने आमाहरुमा कोरोना पोजेटिभ तथा लक्षण देखिएमा छुट्टै स्थानको व्यवस्था गरेका छौं ।’
उनले सुत्केरी महिलाहरुलाई गाडिको व्यवस्था नहु“दा र कोरोना संक्रमण अस्पतालमा रहेको हल्लाका कारण सेवा लिन आउने महिलाको संख्या घटेको बताइन । उनले भनिन –‘लकडाउन जारी भएपछि सेवा लिन आउने संख्या घटे पनि अहिले भने पुरानै अवस्थामा आएको छ ।’
उनले गत वर्ष अस्पतालमा सञ्चालन गरिएको हेल्पिङ वेभ सर्भाइभ तालिमले अहिले नवजात शिशु मृत्युदर घटाउनमा सहयोग पुगेको बताइन । उनले भनिन– तालिमले गर्दा शिशु मृत्यु दर घटाउनमा सहयोग पुगे पनि बीच बीचमा सेवामा खटिएका व्यक्तिहरुलाई थप तालिम उपलब्ध गराए झन राम्रो हुने थियो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार