११ श्रावण २०८१, शुक्रबार

भारतको उत्तराखण्डको लक्ष्मणझुलाको गुफामा भेटिए दुई नेपाली



google photo

धनगढी । भारतको उत्तराखण्डको ऋषीकेश धार्मिक क्षेत्रको लक्ष्मणझुला नजिकैको गुफामा दुई नेपाली मजदूर फेला परेका छन् ।
गुफामा बाँकेका प्रकाश शाही र सुर्खेतका मनबहादुर थापा भेटिएका हुन । नेपाल र भारत दुईवटै देशमा लकडाउन भएपछि उनीहरु गुफामा गएर बसेको थिए ।
सो स्थानको निलकण्ठ चौकीको टोलीले उनीहरुलाई भेटाएको हो । चौकीले विपन्नलाई मंगलबार राहत बाडिरहदा उनीहरु पनि राहत माग्न आएका थिए । प्रहरीले उनीहरुको बारेमा बुझ्दै जाँदा नेपाली भएको र गुफा बसेको जानकारी पाएको थियो ।
प्रहरीले उनीहरुलाई क्वारेन्टाइनमा पठाएको छ । उनीहरु ४५ वर्ष वढीका जस्ता देखिन्छन् । उनीहरु लक्ष्मणझुला बाहिर नै काम गर्ने र लकडाउनका कारण त्यहाँ फसेपछि गुफा खाजेर बसेको प्रहरीको भनाई छ । गुफामा उनीहरुले खाना पकाएर खाएको जस्तो तस्बिर सेतोपाटी अनलाइनले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार