७ कार्तिक २०८१, बुधबार

श्री समैजी सामुदायिक वन उपभोक्ता समुहद्वरा खाद्यान्न वितरण



श्री समैजी सामुदायिक वन उपभोक्ता समुहले मंगलबार खाद्यान्न वितरण गरेको छ ।

गोदावरि नगरपालिका वडा नं. ९ धनचौरीमा रहेका गरिब, बिपन्न, मूक्त कमैया, दैनिक ज्याला मजदुरी गर्ने ८० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
कोराना भाइरस (कोभिड–१९) को सतर्कता स्वरुप सरकारले लकडाउन गरेको छ । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाइरहेका परिवारलाई समस्या पर्ने भएकोले उनिहरुलाई लक्षीत गरेर खाद्यान्न वितरण गरेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन कठायतले बताए ।

उनले भने प्रत्यक परिवारलाई २५ के.जी. चामल, २ के.जी. नुन, २ के.जी. दाल, २ लिटर खाने तेल वितरण गरेका छौ । समस्या परेका व्यक्तिलाई सहयो गर्नु हामी सबैको कर्तव्य हो भन्ने सोचेर हाम्रो वन उपभोक्ता समुहले खाद्यान्न वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार