१ जेष्ठ २०८१, मंगलवार

मुस्लिम संघद्धारा राहत हस्तान्तरण



धनगढी । नेपाल मुस्लिम संघ सुदूरपश्चिम प्रदेशले कोरोनाका कारण समस्या परेकालाई दिने गरेर धनगढी उपमहानगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।
मुस्किल संघले धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड र वडा नम्बर १ का वडाअध्यक्ष सन्तोष मुडभरीलाई विभिन्न खालका दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको हो ।
संघका प्रदेश अध्यक्ष शेखमुनिर अहमदका अनुसार १८ कट्टा, दाल दुई कट्टा आलु एक कट्टा, तेल तीन कार्टुन लगायतका राहत सामाग्री शनिबार उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार