८ जेष्ठ २०८१, मंगलवार

कोरोनामा संवेदनशील बन्न मासमको आग्रह



धनगढी । मानवअधिकार अधिकार संरक्षण मञ्च (मासम)ले नागरिकको स्वास्थ्य, विपन्नलाई राहत र उपभोग्यवस्तुको आपूर्तिमा संवेदनशील बन्न सरकारलाई मासमको आग्रह गरेको छ ।
शुक्रबार बसेको मञ्चको सुदूरपश्चिम प्रदेश समितीको आकस्मिक अनलाईन स्काईप बैठकले कोरोनाभाइरसको विश्वब्यपी महामारी,र लकडाउनले पारेको प्रभाव र नागरिकको स्वास्थ्य र विपन्न समुदायको अवस्था र उपभोग्यवस्तुको आपूर्ति र स्वास्थ्यकर्मीमाथिको दुव्र्यहारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
मानवअधिकार संरक्षण मञ्चका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष डिल्लीराज जोशी उपाध्यक्ष हिमालयविक्रम विष्ट र प्रदेश सचिव राजेन्द्र रैकाद्धारा आज एक प्रेस विज्ञप्ती जारी गरेर सो आग्रह गरेका हुन ।


विज्ञप्तीमा मासमले विश्वमा कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको र संक्रमित र मृत्यु हुनेको सँख्या दिनप्रतिदिन तिब्र रुपमा बृद्धि भैरहेको अवस्थामा प्रभावित नेपाली जनता र विश्व मानव समुदायप्रति समानुभूतिसहित ऐक्यबद्धता जाहेर गर्दै उपचारमा रहेका संक्रमित विदेशमा रहेका व्यक्ति र नेपालमा उपचार भैरहेका नेपाली नागरिकको सिघ्र स्वस्थ्यलाभको कामना सहित परिवारजनप्रति सहानुभूति व्यक्त गरिएको छ ।
विज्ञप्तीमा कोरोनाको रोकथामका लागि ढिलै भएपनि २०७६ चैत्र ५ गतेदेखि यता सरकारले गरेका निर्णयहरु र एकहप्ताका लागि लागू गरेको राष्ट्रिय लकडाउन (नागरिक राष्ट्रिय निषेधाआज्ञा) र सामाजिकदूरीको निर्णय तथा कार्यान्वयन, स्वास्थ्य व्यवस्था, आइसुलेसनवार्ड र कोरेन्टाइनका निर्माणका प्रयत्नहरु सकारात्मक र सहा्रनिय रहेको र यसको अझ निरन्तरताको आवश्यकता रहेको हाम्रो ठहर छ । साथै विज्ञप्तीमा आवश्यक स्वास्थ्यकर्मी, उपकरण, ल्याव, लगायतका अत्वाश्यक जनशक्ती र भौतिक व्यवस्था गर्न सुदुरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारसँग अपिल गरिएको छ ।

त्यस्तै पछिल्लोसमय देश उच्चजोखिममा रहेको र चारजनामा संक्रमण पुष्टी भएबाट आमनागरिकमा थप डर र चिन्ता बढेको छ । यस समयमा आफ्नै सुरक्षाका लागि हरेक नागरिकले संयम, शान्त र अनुशासित भएर अन्तर्राष्ट्रिय प्रोटोकल , विज्ञहरुको सुझाव र सरकारको लकडाउन एंव सामाजिकदूरी लगायतका निर्देशन, नियम पालना गर्दै सचेत तथा सतर्क भै घरभित्रै रहन आमनागरिकमा आग्रह गरिएको छ ।

अहिले प्रदेशमा रहेका क्वारेन्टाइनमा राखिएका नागरिकहरु आक्रोसित भएको र उपचारको अग्रपक्तिमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको समाचारप्रति हाम्रो ध्यान आकर्षण भएकोछ । क्वारेन्टाइनलााई मानविय जीवन अनुकुल स्वस्थ्य र सुविधायुक्त बनाई क्वारेन्टाइनप्रति जनविश्वास जगाई सहजै बस्न सक्ने बाताबरण निमार्ण गर्न र स्वास्थ्यकर्मीमाथि अभद्रव्यवहार गर्नेहरुलाई कानुनी कारबाही गरेर स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने वातावरण सिर्जना गर्न बनाउन प्रदेश सरकार तथा स्थानीय सरकारसँग आग्रह गर्दछौ सो विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै मञ्चद्धारा जारी विज्ञप्तीमा आर्थिकरुपमा विपन्न , दैनिक ज्यालादारी गरी जीवान निर्वाह गर्ने व्यक्ति तथा कमजोर वर्गका लागि आर्थिक प्याकेज ल्याउन , वजेट रकमान्तर गरेर कोरोना प्रभावितलाई सहयोग गर्न, व्याज सहुलियत सहित दैनिक खाद्य अभामा परेका परिवारहरुलाई तत्काल खाद्य व्यवस्था सहज वनाइ नागरिकप्रति जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दछौ भनिएको छ । साथै आमसर्वसाधारणकालागि आवश्यक औषधि, खाद्य र दैनिक उपभोग्यवस्तुको सहज आपूर्तिका लागि समेत आग्रह गरिएको छ ।
अहिले सरकारद्धारा जारी गरिएको लकडाउन तथा निषेधाआज्ञाको जानी वा नजानी अवज्ञा गर्ने नागरिकहरुमाथि बलप्रयोग नगरी समबेदनशील तथा सहिष्णु भई मनोबैज्ञानिक सामाजिक तथा कानुनी उपाय अवलम्बन गर्नतिर सचेत रहन पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार