१७ बैशाख २०८१, सोमबार

एनसेलको नाइट कल र एसएमएस प्याक



काठमाडौ । एनसेलले १० रुपैयामा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको नाइट कल र एसएमएस प्याक योजना ल्याएको छ ।

यो प्याक लिने ग्राहकहरूले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस सुविधा पाउनेछन् । गत बिहीबारदेखि ९० दिनका लागि सञ्चालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्म प्रयोग गर्न सक्नेछन् ।

यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरीसकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

एनसेलले गत पुस १६ गेतदेखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस सेवा दिदै आएको छ । यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस सुविधा पाउदै आएका छन् ।

यो योजनाअन्तर्गत ग्राहकहरुले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउनेछन् ।
त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार