७ कार्तिक २०८१, बुधबार

बझाङमा भ्रामक हल्लापछि नुन किन्नको घुइचो



बझाङ । कोरोना भाइरहेका कारण दैनिक उपभोग्य सामानको अभाव हुने हल्ला चलेपछि बझाङमा नुन किन्नेहरूको घुइचो लागेको छ ।
भारतबाट मालसामान आयात बन्द हुने हल्लासंगै सदरमुकाम चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डीपो कार्यालयमा नुन किन्नेको घुइचो बढेकोे छ ।
केहीदिन अघिसम्म दिनमा ५० जनादेखि एक सय पचास जनाले आयोडीन युक्त नुन खरिद गर्ने गरेकोमा पछिल्लो तीन चार दिनयता दैनिक चार सयदेखि आठ सय जनाले आयोडीन नुन खरिद गरिरहेको साल्ट ट्रेडिङका डीपो कार्यालय प्रमुख टेकबहादुर बोहराले बताए ।
उनले डिपोमा एक हजार पाच सय बढि क्विन्टल नुन मौज्दात रहेको र यस आर्थिक वर्षको कोटाको नुनसमेत ढुवानी भइरहेका कारण भ्रामक हल्लाका पछि नलाग्न जिल्लावासीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार