४ असार २०७८, शुक्रबार

अवैध ब्रोइलर कुखुरा बरामद



पुनर्वास । भारतीय सिमावर्ती बजार बसहीबाट तस्करी गरि ल्याईएको एक क्विन्टल अवैध भारतीय ब्रोईलर कुखुरा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ ।
शुक्रवार राती साढे नौ बजेतिर से ७ प ३३२५ नम्बरको मोटरसाइकलमा भारतीय बजार बसहीबाट ल्याउदै गरेको अवैध ब्रोईलर कुखुरा सशस्त्र प्रहरी बल (बिओपी) आनन्द बजार र प्रहरी चौकी फटियाको संयुक्त प्रहरी टोलीले वेवारिसे अवस्थामा बरामद गरेको हो ।
अवैध भारतीय ब्रोईलर कुखुरा र मोटरसाइकल नेपाल भारत सिमा पिल्लर नम्बर २०१ नजिकैबाट बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका वरिष्ठ हवल्दार बल बहादुर गुरुङले जानकारी दिए ।
कोरोना भाईरसको संत्रासमा पुनर्वास–बेलौरीका खुल्ला नाका पुर्ण रुपमा बन्द गरिएता पनि रातीको समयमा कुखुरा, अण्डा, दैनिकी उपभोग्य बस्तुहरूको तस्करी बढेको सशस्त्र प्रहरी बल बिओपी आनन्द बजार सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्