११ श्रावण २०८१, शुक्रबार

निगरानी कक्षका लागि बेड हस्तान्तरण



धनगढी । विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानहरूबाट कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारबाट भइरहेका प्रयासमा सहयोग गर्ने क्रम जारी छ ।
यस क्रममा धनगढी उपमहानगरपालिकाले त्रिनगर भन्सार नाकामा स्थापना गरेको कोरोना भाईरस (कोभिड–१९) को निगरानी कक्षका लागि धनगढीस्थित अमित मेडिसिन डिष्ट्रीब्यूटर्सले सैया (बेड) उपलब्ध गराएको छ ।
अमित मेडिसिनले शनिबार निगरानी कक्षमा ६० हजार रुपैया“ मुल्य बराबरको सैया प्रदान गरेको थियो । धनगढी उपमहानगरपालिका नृपबहादुर वडले कोरोना भाइरस संक्रमण भित्रिन नदिन सबै क्षेत्रबाट सहयोग तथा समन्वय आवश्यक रहेको बताए । उनले भने– यो संवेदनशीलताको घडीमा सबैले गम्भीर भएर एकजुट भएर अभियानमा लाग्नुपर्छ ।
यसअघि धनगढीमा रहेको बालाजी सर्जिकल सप्लायर्सले कोरोना भाइरस चेकजा“चमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गामन प्रदान गरेको थियो । गामन स्वास्थ्यकर्मीले बिरामी चेकजाच गर्दा लगाउने कपडा हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार