१२ श्रावण २०८१, शनिबार

उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्षलाई पक्राउ गर्न माग



धनगढी । उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिले बजार अनुगमनमा खटिएकी अमरगढी नगरपालिकाकी उपप्रमुख सहितको टोली माथि हातपात गर्ने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टलाई पक्राउ गरी कार्वाही गर्न माग गरेको छ ।

मञ्चको सुदूरपश्चिम प्रदेश समितिका सचिव भोजराज जोशीले बिज्ञप्ति जारी गर्दै उपभोक्तालाई स्वच्छ उपभोग्य सामग्री उपलब्ध गराउने र कोरोनाको त्रास देखाएर खाना पकाउने ग्यास लगायतका बस्तुहरु लुकाएर कालोबजारी भइरहेको सूचनाका आधारमा बजार अनुगमन गर्न नगर उपप्रमुख संगिता भण्डारी सहिति निस्केको टोलीलाई अवरोध गर्ने र उप प्रमुख भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय माथि हातपात गर्ने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट माथि कार्वाही गर्न माग गरेका छन् ।

बजार अनुगमनमा निस्केको नगरपालिकाको टोलीले उद्योग वाािज्य संघलाई जानकारी नगराएरै अनुगमन गरेको र म्याद नाघेका बस्तुहरु जफत गरेको भन्दै अध्यक्ष भट्टले टोलीमा सहभागी प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई गाली गलौज समेत गरेका थिए । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त पनि संगै थिए ।

तर साँझपख प्रमुख जिल्ला अधिकारीले ब्यवसायीहरुको पक्ष लिँदै आफुलाई नगरपालिकाले फसाएको बताएपछि त्यहाँ स्थिति तनावपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार