१२ श्रावण २०८१, शनिबार

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु



पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
सामान्य घरायसी झगडाबीच क गाउँका सफली बयाडीले कुटपिट गर्दा उनकी श्रीमती खन्जरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत सोमबार राती १० बजे सामान्य घरायसी विवादबीच ६३ वर्षीय सफलीले ५९ वर्षीय खन्जरीलाई लाठीले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि घाइते भएकी खन्जरीलाई सफली आफैले बोकेर आईबिआरडीमा रहेको पुनर्वास पोलिक्लिनिकमा पुराएका थिए ।
पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि उनले धनगढी लगेको र त्यहाँबाट नेपालगन्ज लगे पनि उपचार हुन नसकेपछि श्रीमतीलाई घर ल्याएका थिए । प्रहरीका अनुसार घर फर्किएको लगत्तै उनकी श्रीमती खन्जरीको मृत्यु भएको थियो ।
प्रहरीले अभियुक्त सफालीलाई पक्राउ गरेर कारबाही अघि बढाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार