२८ माघ २०८१, सोमबार

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन



बाजुरा । बाजुराको बुढीगंगा नरपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन रहेको छ ।
तीन महिनादेखि प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक कारोवार ठप्प भएको छ । नगर प्रमुख दीपकबिक्रम शाहले भने– प्रमुख प्रशासकीय अधिकृत नभएकाले कर्मचारीले तलब समेत खान पाएका छैनन् । नगरका विकास निर्माण योजनाहरु प्रभावित भएका छन् ।
पुसको पहिलो साता निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनील ठगुन्ना सरुवा भएपछि नया“ प्रशासकीय अधिकृत आएका छैनन् । नगरपालिकाका लेखापाल पूर्ण जैशीले प्रमुख प्रशासकीय अधिकृत नभएका कारण सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता समेत वितरण हुननसकेको बताए । लेखापाल जैशीले भने– फागुन महिनाभित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नु पर्ने हो, तर प्रमुख प्रशासकीय अधिकृत आउने कुनै टुंगो छैन ।
संघीय सामान्य प्रशासन मन्त्रालयले तीन साताअघि उपसचिव खेम प्रसाद चौधरीलाई बुढिगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको सूचना आए पनि अझैंसम्म नगरपालिकामा आइनपुगेको नगर प्रमुख शाहले बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दीपक शाहले प्रमुख प्रशासकीय अधिकृत नभएकाले स्वास्थ्यका सबै गतिविधि पनि प्रभावित भइरहेको वताए । उनले औषधि खरिदमा समस्या भएको वताए । उनले भने– प्रमुख प्रशासकीय अधिकृत नहुँदा सुत्केरी भत्ता समेत वितरण गर्न सकिएको छैन ।
त्यस्तै, शिक्षकले समेत तलब पाउन सकेका छैनन् । सिगाडा माध्यामिक विद्यालयका प्रधानाध्यापक बिष्णुध्वज शाहले भने– हामीले चार महिनाको एकमुष्ट तलब लिने गरेका थियौ, तर प्रशासकीय अधिकृत नहुँदा तलब पाएका छैनौं ।
उनले पाठयपुस्तकका लागि विद्यालयलाई नपठाएकोले नया“ शैक्षिक सत्रका लागि पाठयपुस्तक खरिदमा अन्योल रहेको वताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार